नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको विभिन्न कमिटीको अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले फागुण २९ गते विभिन्न कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ ।

सङ्गठनले, काभ्रे जिल्लाको पनौती नगर कमिटीको १७ औँ अधिवेशनबाट शेषनाथ घिमिरे (नबराज) को अध्यक्षतामा १६ सदस्यीय कमिटी र ४ जनाको सल्लाहकार कमिटी निर्वाचित गरेको छ । 

अधिवेशनमा उत्कृष्ट चालक, जेष्ठ चालक, उत्कृष्ट सहचालकलाइ सम्मान समेत गरेको थियो ।

त्यसैगरी सङ्गठन भक्तपुर मिनिबस इकाई कमिटीको सातौ अधिवेशनले युबक खत्रीको नेतृत्वमा १३ सदस्यीय कमिटी र ३ सदस्यीय सल्लाहकार कमिटी चयन गरेको छ ।

त्यसैगरी नुवाकोट जिल्लाको सूर्य चौर शिवपुरीमा सम्पन्न काठमाडौँ त्रिशुली धुन्चे पाशाङ ल्हामु मार्ग ईकाई कमिटी को १०औ अधिवेशनले सुरेन्द्र बुढाथोकीको अध्यक्षतामा ११ सदस्य ईकाई कमिटी निर्वाचित गरेको छ । 

सोहिदिन सङ्गठनले पोखरा बस, महानगर कमिटीको तेस्रो अधिवेशनबाट बिनोद पौडेलको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित गरेको छ भने २ जना सल्लाहकार समेत चयन गरेको छ ।

त्यसैगरी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, माइक्रो बस इकाई कमिटी, पोखराको दशौं अधिवेशनले राम बहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।