ओम्स नेपाल गण्डकी प्रदेशको अध्यक्षमा आह्वान सुवेदी चयन

जिफन्ट आवद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल गण्डकी प्रदेश कमिटीको चैत्र ९ गते सम्पन्न अधिवेशनले आह्वान सुवेदीको अध्यक्षतामा १६ सदस्यीय कमिटि निर्वाचित गरेको छ ।

ओम्स नेपाल केन्द्रीय अध्यक्ष सूर्य पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्री, ओम्स नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष वसन्तराज सिग्देल लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।