जिफण्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटीको चैत्र १६ गते सम्पन्न चौथो अधिवेशनले बसन्ती गुरुङको अध्यक्षतामा १७ सदस्यीय महानगर कमिटी निर्वाचित गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले महिलाहरूको नेतृत्व विकास लागि महानगरपालिकाले सधैँ सहयोग गर्ने बताइन ।
जिफन्ट कोसी प्रदेशका अध्यक्ष किशोर धमलाले राज्यले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गरेर अगाडी बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै जिफन्टले यो विषयलाई पहिलो प्राथमिकतामा राख्दै काम गरीरहेको बताउनु भयो ।
जिफन्ट कोसी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाले सौन्दर्यकर्मीहरू एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनु हुंदै नाबुन जहिले पनि जिफन्टको नीति र परिधीमा रहेर आफ्नो काम कर्तव्यमा दृढ रहने बिश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा नावुन केन्द्रीय सदस्य गङ्गा तामाङ, नावुन कोसी प्रदेश अध्यक्ष कला डाँगी, सायदा तवसुम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सोही अवसरमा श्रमिकहरूको हकहितमा लामो समयदेखि काम गर्दै आएका मुरारी प्रसाद भट्टराई र नावुन कोसी प्रदेशको पूर्व उपाध्यक्ष ललिता धिमाललाई सम्मान समेत गरिएको थियो ।