Home Affiliates Activities

सुर्यबिनायक नगर पालिकाका सफाइ मजदुरलाइ लैङ्गीक हिंसा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ ९ गते  भक्तपुर जिल्लाको सुर्यबिनायक नगर पालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । 

जिफन्ट नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियनका पुर्ब अध्यक्ष मदन देउलाले सफाइ क्षेत्रको कामलाइ मर्यादित बनाउन यस क्षेत्रका श्रमिकहरू सचेत र संगठीत हुनु पर्नेमा जोड दिनु भएको थियो । 
 

कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ ५ गते  काठमाण्डो महानगर पालीकामा र भाद्र ८ गते किर्तिपुर नगर पालिकामा सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ । 

कार्यक्रममा जिफन्ट सचिब स्मृती लामा, नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो । 

१०% सेवा शुल्क पुनप्राप्तिका कानुन निर्माण गर्न माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेस्वहोमयु लगायतका अन्य २ दुइ युनियनले पर्यटन क्षेत्र तथा होटल श्रमिकहरूले गुमाएको १०%सेवा शुल्क पुनप्राप्तिका लागि आवश्यक कानुन निर्माण गर्न भाद्र ८ गते माननिय अर्थ मन्त्री विष्णु पौडेल र श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर समक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ ।

नाटु बुढानिलकण्ठ पालिका अध्यक्षमा अनिल थापा मगर निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) बुढानिलकण्ठ नगर पालिकाको भाद्र ७ गते सम्पन्न पाँचौं अधिवेशनले अनिल थापा मगरको अध्यक्षतामा १९ सदस्य नगर कमिटी चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले श्रमिकहरूको शक्ती भनेको संगठन हो, संगठनमा जती धेरै सदस्य बृद्धी हुन्छ संगठन त्यती नै बलियो हुने र बलियो संगठनले मात्र श्रमिहरूको माग पुरा गराउन सक्ने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले प्रबिधीमा भएको बिकास संगै यस क्षेत्रमा कार्यरत श्रमिकहरूको दक्षतालाइ पनि तिब्र बिकास गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।

अधिवेशनमा बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, नाटु केन्द्रीय अध्यक्ष प्रदिप घिमिरे,  सदस्य विनोद फुयाल, भीमसेन खतिवडा लगायतका अतिथीहरूले अधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

हुनद्वारा संस्थापक अध्यक्षलाइ सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा भाद्र ६ गते हरितालिका तीजको सन्दर्भमा आयोजित कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त मन्त्री बिन्दु श्रेष्ठलाई बधार्इ र शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले तीज पर्वलाई जिफन्टले सधै वर्गिय आन्दोलनमा केन्द्रीत भएर मनाउदै आएको भन्नु हुंदै तीज पर्वको शुभकामना ब्यक्त गर्नु भयो ।

अध्यक्ष श्रेष्ठले संगठनमा निरन्तरता, प्रतिवद्धता र आत्माबिश्वास भएमा उपलब्धी हांसिल गर्न सकिने भन्नु हुदै हाम्रो अथक प्रयासले नेपालको ट्रेड युनियन आन्दोलनले क्रमस उपलब्धि  हासिल गरीरहेको बताउनु भयो ।

हुन संस्थापक अध्यक्ष तथा जिफन्ट संसदीय तथा स्थानीय समन्वय परीषद सदस्य बिन्दु श्रेष्ठ बागमती प्रदेश उद्योग, बाणिज्य, भुमि तथा प्रशासन मन्त्री हुनु भएकोमा हुन केन्द्रिय कमिटीले गरेको बधाई तथा सम्मान ग्रहण गर्नु हुंदै माननीय मन्त्रीले यो उपलब्धी ब्यक्तीको नभइ नेपालको ट्रेड युनियन आन्दोलनको एउटा सानो उपलब्धी रहेको बताउनु भयो ।

माननीय मन्त्री श्रेष्ठले उद्योग बाणिज्य क्षेत्रलाई श्रम मैत्री बनाउन ट्रेड युनियन आन्दोलनको महत्वपुर्ण योगदान रहने भन्नु हुदै यस्कालागि जिफन्टको सहयोग आवश्यक रहेको बताउनु भएको छ । 
केन्द्रीय अध्यक्ष चन्द्र सागर लामाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब ज्ञानु माया केसीले गर्नु भएको थियो । 

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122165793878435116&type=3

नेष्ट बागमती प्रदेश अध्यक्षमा नानीमाया बस्नेत

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) को भाद्र ४ गते सम्पन्न बागमती प्रदेश दोस्रो अधिवेशनले नानीमाया बस्नेतको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले अधिवेशन उद्धधाटन गर्नुहुंदै संगठन हाम्रो साझा घर भएको र हामीले गर्ने प्रत्येक काम श्रमिकहरूको उज्वल भबिष्यकोलागी भएको बताउनु हुंदै पुर्वजहरूले गरेको आन्दोलनका कारण आज हामीले संगठन स्वतन्त्रता, सामाजिक सुरक्षामा श्रमिक जोडिने देखी बिभिन्न अधिकार प्रयोग गर्न पाएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले श्रमिक आन्दोलनबाट अनेकौँ नेता तयार भएका छन् र नीति–निर्माण तहमा उनीहरूले योगदान दिइरहेको भन्दै श्रमिक अधिकारको क्षेत्रमा थप उपलब्धि हासिल गर्न बलियो संगठन, अनुशासीत र निरन्तर लागी रहने कार्यकर्ता मार्फत मात्र सकिने विश्वास व्यक्त गर्नुभयो।

अधिवेशनमा नेस्टकी केन्द्रीय अध्यक्ष माया गुरुङ, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, नेस्ट महासचिव राजकुमार श्रेष्ठ, नेकपा एमाले मजदुर विशेष जिल्ला कमिटी अध्यक्ष तुलसी शिवाकोटी लगायतका नेताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122165376602435116&type=3