Home Affiliates Activities

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला अध्यक्षमा दिपक बुढाथोकी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्लाको भाद्र १४ गते सम्पन्न चौथो अधिवेशनले दिपक बुढाथोकीको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कमिटि निर्वाचित गरेको छ ।

संगठन केन्द्रिय अध्यक्ष भिम ज्वाला राइको प्रमुख अथित्यतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष नवराज धिमिरे, ठाकुर प्रसाद गैरे, महासचिव केशव थापा(निरु), नेपाल यातायात राष्ट्रिय महासंघका सल्लाहकार सुरेस हमाल, त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका प्रितम कुमार श्रेष्ठ लगाएका वक्ताहरूलेअधिवेशन सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।


 

ह्वीन केन्द्रिय कमिटीको २२ औॅ बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवध्द समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) केन्द्रिय कमिटीको २२ औॅ बैठक जिफन्ट सभाहलमा भाद्र १४ गते सम्पन्न भएको छ ।

बैठकले ह्वीन महासचिव दिपक अचार्यले पेश गर्नु भएको सांगठनिक प्रतिवेदन, उपमहासचिब अर्जुन चौलागाईले पेश गर्नु भएको  आर्थिक प्रतिवेदन पारीत गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, उपमहासचिब लक्ष्मण शर्मा सहभागी रहेको बैठकले १२ औॅ अधिवेशन चैत्र महिना भित्र गर्ने निर्णय समेत गरेको छ ।

नाबुन म्याग्दीद्वारा कमल जैशी मन्दीरमा डेस्क र बेन्च सहयोग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) म्याग्दी जिल्लाको बेनी नगर कमिटिले हरितालीका तिजको अवसरमा बेनी नगरपालीका वडा नं. ७ स्थीत कमल जैशी मन्दीरमा डेस्क र बेन्च सहयोग गरेको छ । 

नगर कमिटि अध्यक्ष-मैनादेवी राईको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा बेनि नगरपालीका वडा नं. ७ अध्यक्ष, रमेश श्रेष्ठ,  सामुदायीक प्रहरी सेवा केन्द्र अध्यक्ष, पसुपति साही, जिफन्ट म्याग्दी जिल्ला समन्वय कमिटी अध्यक्ष विष्णु पौडेल लगायतका अतिथिहरूको उपस्थीत रहेको थियो ।

सुरक्षा श्रमिक ट्रेड युनियन नेपालले भद्र बहादुर भण्डारीलाइ सेवा सुबिधा दिलायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल (STUN )को पहलमा शिखर हिमालयन सेक्युरिटी सर्भिसमा कार्यरत भद्र बहादुर भण्डारीले राजिनामा दिए पछि पाउनु पर्ने सेवा सुबिधा प्राप्त गर्नु भएको छ ।

शिखर हिमालयन सेक्युरिटी मार्फत २०७८ साल देखि मण्टेश्वरी किन्डरवर्ल्ड, ताहचलमा सेक्युरिटी गार्डमा कार्यरत भण्डारीले २०८१ सालमा सेवा सम्झौताको नवीकरण नभए पछी राजिनामा दिनु भएको थियो । 

भण्डारीले राजिनामा पछी पाउनु पर्ने सेवा सुबिधा नपाए पछी २०८२ बैशाखमा सुरक्षा श्रमिक ट्रेड युनियन मार्फत नेपाल सरकार श्रम कार्यालयमा निवेदन गरे पछी २०८२ भाद्र ८ गते युनियनको रोहवरमा भण्डारीले पाउनु पर्ने सेवा सुबिधा दिने सहमति भइ भाद्र १३ गते सम्पुर्ण सेवा सुबिधा प्राप्त गरेको भण्डारीले जानकारी दिनु भएको छ । 
 

यो सहर धनिहरूको मात्र होइन, गरिबहरूको पनि होः नेष्ट

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वरोजगार ब्यापार श्रमिक संघ (नेष्ट) ले भाद्र १३ गते एक बिज्ञप्ती जारी गरी नेपाल कवाड ब्यबसायी संघको जारी आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ । 

काठमाडौं महानगरपालिकाले पछिल्ला केही दिनदेखि शहरलाई व्यवस्थित बनाउने नाममा काठमाडौंमा फुटपाथ व्यापारीहरू र कबाडी संकलकहरूमाथि दुर्व्यवहार र विस्थापन गर्ने कार्य प्रती आपत्ती जनाएको छ ।

बिज्ञप्तीमा शहर व्यवस्थापन जनमुखी र समावेशी बनाउनु पर्छ भन्ने हाम्रो पनि मान्यता रहेको उल्लेख गर्दै  "यो सहर धनिहरूको मात्र होइन, गरिबहरूको पनि हो” र सहरको व्यवस्थापन गर्दा सबै वर्गका नागरिकहरूको हक अधिकार र अवसर सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिएको छ ।

एनएमएमा बिजयी युनिट्राभ सदस्यहरुलाई बधाई तथा शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनिट्राभद्वारा नेपाल पर्वतारोहण संघ (एनएमए) मा बिजयी युनिट्राभ सदस्यहरुलाई भाद्र ९ गते बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नव निर्वाचित एनएमएका प्रथम उपाध्यक्ष मिङ्मा ग्यार्बु शेर्पा, बुक होल्डर सदस्य जेनजेन लामा र सन्देश शेर्पालाई बधाई तथा शुभकामना दिनु हुंदै श्रमिक तथा आरोहीहरूका हक र हितको पक्षमा निडर भइ लाग्न आग्रह गर्नु भयो ।

युनिट्राभ केन्द्रीय अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको बधाइ तथा शुभकामना कार्यक्रममा एनएमएका प्रथम उपाध्यक्षमा निर्वाचित मिङ्मा ग्यार्बु शेर्पा र बुक होल्डर सदस्यमा निर्वाचित जेनजेन लामा र सन्देश शेर्पाले यस क्षेत्रमा रहेका समस्याहरूलाइ समाधान गर्दै श्रमिक तथा आरोहीहरूको अधिकार, दिगो र सुरक्षित पर्यटनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भएको कार्यक्रमको संचालन युनिट्राभ महासचिब राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।