नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपाल (नाबुन) कोशी प्रदेश कमिटी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल बिच नाबुन सदस्यहरूलाइ उपचारमा विशेष सहुलियत उपलब्ध गराउने सन्दर्भमा असोज २ गते सम्झौता भएको छ।
नाबुन कोशी प्रदेश अध्यक्ष कला डांगी र न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका कार्यकारी निर्देशक डा. अनिशा विष्टले हस्ताक्षर गर्नु भएको सम्झौता अनुसार नाबुन सदस्यहरूले हस्पिटलमा उपचार गराउदा १५ प्रतिशतसम्म छुट पाउने भएका उल्लेख गरेको छ ।
नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, जिफन्ट कोशी प्रदेश सदस्य मदिरा भट्टराई लगायतका नेताहरूको उपस्थीतीमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नाबुन कोशी प्रदेश अध्यक्ष कला डांगी र हस्पिटलका कार्यकारी निर्देशक डा. अनिशा विष्टले संक्षिप्त भनाइ राख्नु भएको थियो ।
