नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) इस्टन सुगर मिल्सको पुस ३ गते सम्पन्न १० औं अधिबेशनले रामदेव चौधरीको अध्यक्षतामा ११ सदस्य कमिटी र काशीराम चौधरीको संयोजकत्वमा ६ सदस्य सल्लाहकार समिती निर्वाचित गरेको छ ।
जिफन्ट कोशि प्रदेश अध्यक्ष किशोर धमलाको प्रमुख अथित्यतामा सम्पन्न अधिवेसनमा ह्वीन केन्द्रीय उपाध्यक्ष मनोज मगर, जुगकाटेमयु प्रतिनिधि परिशद प्रमुख धर्मानन्द सन्जेल लगायतका अतिथीहरूको उपस्थीत रहेको थियो ।
दुखमोचन मलाहको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट निर्वाचित कमिटिलाइ ह्विन उपाध्यक्ष मनोज मगरले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियो ।
