नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) नागार्जुन पालिका कमिटीको पुस २२ गते सम्पन्न भेलाले बिनिशा राजबाहकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ।
भेलाका प्रमुख अतिथी नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको पेशागत सुरक्षा तथा हक हितकालागी सौन्दर्यकर्मीहरू संगठीत हुनु पर्नेमा जोड दिनु हुंदै सौन्दर्यकर्मी हरूको भविष्य सुनिस्चीत गर्न योगदानमा आधरित सामाजिक सुरक्षामा सुचिकृत हुनु पर्ने बताउनु भएको थियो ।
नावुन बागमती प्रदेश अध्यक्ष करूणा पुरी, आर्थिक सचिव सोलिना लामा लागयतका अतिथीहरूले नवगठीत कमिटीलाइ बधाइ तथा शुभकामना दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर,प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक–नेपाल) द्वारा पुस २० गते एक बिज्ञप्ती प्रकाशन गरी सागरनाथ वन परियोजनामा कार्यरत क्युपेक नेपालका सदस्य रामेश्वर महतो कोइरीको पुस १९ गते अज्ञात अपराधीहरुद्वारा गरिएको हत्या प्रती खेड ब्यक्त गरेको छ ।
बिज्ञप्तीमा आफ्नो कामको सिलसिलामा अपराधीहरुको निशानामा परी निधन हुनुभएका कोइरी प्रति भावपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवारजनमा हार्दिक समवेदनमा ब्यक्त गर्दै घटनाको गम्भीर अनुसन्धान गरी अपराधीलाई कानुनी कार्वाही गर्न सरकारसंग माग गरेको छ ।
बिज्ञप्तीमा मृतकको परीवारलाइ क्षेतिपुर्ती प्रवन्ध गर्न सागरनाथ वन परियोजना समक्ष माग समेत गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) टोखा पालिका कमिटीको पुस २१ गते सम्पन्न भेलाले रूपा बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कमिटी पुनरगठन गरेको छ।
भेलाका प्रमुख अतिथी नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको पेशागत सुरक्षा तथा हक हितकालागी सौन्दर्यकर्मीहरू संगठीत हुनु पर्नेमा जोड दिनु भएको थियो ।
नावुन केन्द्रीय उपाध्यक्ष मिना गुरुङ डङ्गोल, जिफण्ट टोखा नगर कमिटी अध्यक्ष लिला बहादुर बस्नेत, लागयतका अतिथीहरूले पुनरगठीत कमिटीलाइ बधाइ तथा शुभकामना दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्ववीन) को १२ औं अधिवेशन आगामी चैत्र २८ गते देखी पोखरामा आयोजना गर्ने भएको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र महासचिव लक्ष्मण शर्माको उपस्थीतीमा ह्ववीन अध्यक्ष आनन्द थामीको अध्यक्षतामा पुस १९ गते जिफन्ट सभाहलमा सम्पन्न २३ औॅ पदाधिकारी बैठकले १२ औं अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) तारकेश्वर नगर कमिटिको पुस १७ गते सम्पन्न तेश्रो अधिवेशनले ईन्दिरा रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीले अधिवेशन उद्धघाटन गर्नु हुंदै सौन्दर्यकर्मीहरू एकजुट भएर आफ्नो पेशागत सुरक्षा र हक हितका निमित्त लाग्नु पर्ने बताउनु हुंदै संगठनमा जती धेरै सदस्य बिस्तार गर्न सक्यो संगठन त्यती नै बलियो हुने भन्दै सदस्यता बिस्तार अभियानमा लाग्न जोड दिनु भएको थियो ।
अधिवेशनमा नावुन केन्द्रिय उपाध्यक्ष मिना गुरुङ डङ्गोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, र जिफण्ट तारकेश्वर पालिका अध्यक्ष कृष्णलाल डङ्गोल लगायतका अतिथीहरूको उपस्थित रहेको थियो । 
अन्तरास्ट्रिय ट्रेड युनियन महासघ - नेपाल आबद्ध परीषद्को आयोजनामा कृषि क्षेत्रका श्रमिकहरुकालागि सामाजिक सुरक्षा विषयमा दुइ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
पुस १६ गते चितवनमा प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कृषि क्षेत्रमा संगठन निर्माण लाई गति दिँदै सबै श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्न पहल गर्नु पर्ने बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्किले कृषि श्रमिकको ट्रेड युनियन अधिकार र संगठन कला बिषयमा, एनटियुसी उपाध्यक्ष गणेश कसीले कृषि क्षेत्रमा सामाजिक सुरक्षा र कृषि श्रमिकको वर्तमान अवस्था बारेमा प्रशिक्षण दिइरहनु भएको छ ।