नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट)आवद्ध जिफन्ट चिया कफि श्रमिक युनियन नेपालद्वारा पुस १२ गते झापा जिल्लाको गौरीगंजमा रहेको लोकनाथ एण्ड सन्स चिया वगानमा कार्यरत श्रमिकहरूको भेला सम्पन्न गरेको छ ।
भेलाले सुकलाल राजवंशीको अध्यक्षतामा ७ सदस्य लोकनाथ एण्ड सन्स चिया वगानमा इकाइ कमिटी निर्वाचित गरेको छ ।

चिया कफि श्रमिक युनियन नेपालका केन्द्रिय अध्यक्ष सन्तकुमार राईले श्रम कानुन, चिया बगानका समस्या तथा समाधानका उपाए बारेम प्रकाश पार्नु भएको भेलामा जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी लगायतका नेताहरूको उपस्थीती रहेको थियो ।
