नाबुन तारकेश्वर अध्यक्षमा ईन्दिरा रायमाझी चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) तारकेश्वर नगर कमिटिको पुस १७ गते सम्पन्न तेश्रो अधिवेशनले ईन्दिरा रायमाझीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।

नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीले अधिवेशन उद्धघाटन गर्नु हुंदै सौन्दर्यकर्मीहरू एकजुट भएर आफ्नो पेशागत सुरक्षा र हक हितका निमित्त लाग्नु पर्ने बताउनु हुंदै संगठनमा जती धेरै सदस्य बिस्तार गर्न सक्यो संगठन त्यती नै बलियो हुने भन्दै  सदस्यता बिस्तार अभियानमा लाग्न जोड दिनु भएको थियो ।

अधिवेशनमा नावुन केन्द्रिय उपाध्यक्ष मिना गुरुङ डङ्गोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, र जिफण्ट तारकेश्वर पालिका अध्यक्ष कृष्णलाल डङ्गोल लगायतका अतिथीहरूको उपस्थित रहेको थियो ।