Home Affiliates Activities

चितवन ट्याङ्कर इकाई कमिटीको अध्यक्षमा हेम बहादुर बुढाथोकी चयन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन चितवन ट्याङ्करको सातौँ वार्षिक साधारण सभा तथा इकाई कमिटीको तेस्रो अधिवेशन पुस २६ गते चितवनको जुटपानीमा सम्पन्न भयो । 

संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापाको प्रमुख अतिथ्थतामा भएको कार्यक्रमले हेम बहादुर बुढाथोकी (कुमार) को अध्यक्षतामा १३ सदस्यीय इकाई कमिटी चयन गरेको छ।

कार्यक्रममा लामो समयदेखि ट्याङ्कर चालक पेशामा रहनु भएका भक्त बहादुर थापा,ओम कुँवर र फगिन्द्र दुवाडीलाई विशेष सम्मान समेत गरेको थियो ।

संगठित हुँदै अगाडि बढन प्रेरित गर्दै सामाजिक सुरश्रा कोषमा अनिवार्य जोडिन् सबैले पहल गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

स्टुनले आउटसोर्स कम्पनीमा संगठन बिस्तार

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध सुरक्षा श्रमिक ट्रेड युनियन–नेपाल (स्टुन) द्वारा नेपाल विद्युत प्राधिकर अन्तरगत आउटसोर्स कम्पनी मार्फत कार्यरत श्रमिकहरूको हक अधिकारकालागी गठीत संघर्ष समितिको बैठक पुस २७ गते जिफन्ट सभाहलमा सम्पन्न भएको छ ।

जिफन्ट उपमहासचिव नरनाथ लुइटेल, स्टुन केन्द्रीय अध्यक्ष आशिष खत्री र विश्व राज नेपालको उपस्थितीमा सम्पन्न बैठकले नेपाल विद्युत प्राधिकरण अन्तर्गत आउटसोर्स कम्पनी मार्फत कार्यरत श्रमिकहरू बिच सदस्यता विस्तार गर्ने, समस्या संकलन गरी मागपत्र तयार गरी सम्बन्धित निकाय समक्ष पेश गर्ने बैठकले निर्णय गरेको छ ।

क्युपेक सागरनाथ बन बिकास परीयोजना अध्यक्षमा सन्तोष शाह

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) आवद्ध क्युपेक नेपाल सागरनाथ बन बिकास परीयोजना प्रतिष्ठान स्तरको ट्रेड युनियनको पुस २६ गते सम्पन्न चौथो अधिबेशनले सन्तोष शाहको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनमा गत पुस १९ गते ड्युटीमा रहेको अवस्थामा अज्ञात समुहद्वारा हत्या गरेका यूनियनका सदस्य रामेश्वर महत्तो कोइरीको परीवारलाइ युनियन सदस्यहरूबाट ५९ हजार पांच सय, केन्द्रीय कमिटीबाट ५ हजार र परीयोजनाबाट ४ लाख गरी जम्मा ४ लाख ६४ हजार पांच सय रूपया नगद हस्तान्तरण गरेको छ ।

क्युपेक केन्द्रीय उपाध्यक्ष योगेन्द्र कुंवरको प्रमुख अतिथ्यतामा, महासचिब राजेन्द्र बिष्ट लगायतका अतिथिहरूको उपस्थीती रहेको अधिबेशनमा सागरनाथ बन बिकास परीयोजना निवर्तमान र बर्तमान अध्यक्ष र प्रमुखलाई सम्मान समेत गरेको थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्षमा बेनीराज थिङ निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेशको पुस २६ गते सम्पन्न तेश्रो अधिवेशनले बेनीराज  थिङको अध्यक्षतामा २१ सदस्य प्रदेश कमिटी निर्वाचित गरेको छ ।

संगठन गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्धघाटन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ कुनै न कुनै बाहाना बनाएर योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा सुचिकृत नगर्ने प्रबृतीको निन्दा गर्नु हुंदै श्रमिक हक र अधिकारकालागी श्रमिकहरू एकजुट हुनुको बिकल्प नरहेको र यसकालागी जिफन्ट आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले नेतृत्व गरीरहेको बताउनु भयो ।

प्रदेश संगठन अध्यक्ष बिष्णु बहादुर खत्रीको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा संगठन केन्द्रीय अध्यक्ष भिमज्वाला राइले देशको सार्वजिक यातायात सेवा स्वरोजगार यातायात श्रमिकहरूले धानिरहेको बताउनु हुदै यातायात  श्रमिकहरूलाइ योगदानमा आधारीत सामाजिक सुरक्षामा सुचिकृती अनिवार्य  रहेको बताउनु भयो ।

नेकपा एमाले कास्की जिल्ला अध्यक्ष, नेपाल यातायात ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लगायतका अतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा श्रमिकहरूलाइ योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्ने पोखराको नाईस नेपाल सर्भिसिङ सेन्टरका प्रेम कार्की र पोखरेली ट्याक्सी सेवाका सोभाकान्त पौडेललाइ प्रमुख अतिथि श्रेष्ठले कदर–पत्र प्रदान गरी सम्मानित समेत गरेको थियो ।

नेष्टले मनायो २४ ओैं स्थापना दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) को २४ ओैं स्थापना दिवस पुस २५ गते जिफन्ट सभाहलमा सम्पन्न भयो । 

२४ ओैं स्थापना दिवसको शुभकामना दिनु हुंदै कार्यक्रमका प्रमुख अतिथ् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वरोजगार  श्रमिकहरूको ब्यवसायलाइ मर्यादित र ब्यवस्थीत बनाउन नेष्टले योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

नेष्ट अध्यक्ष माया गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अवद्ध युनियनको तर्फबाट जुगकाटेमयु अध्यक्ष फुलमाया लामा, जिफन्ट बागमती प्रदेश कमिटीबाट अध्यक्ष रामहरी नेपालले स्थापना दिवसको शुभकामना मन्तब्य राख्नु भएको थियो । 

नेष्ट महासचिब राजकुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा सदस्य नवराज पण्डितले स्वागत मन्तव्य राख्नु भएको थियो । 
 

नेपाल गृह श्रमिक ट्रेड युनियनको चौथो राष्ट्रीय अधिवेशन आगामी चैत्र २१ गते हुने

नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) केन्द्रीय कमिटीको  पुस २४ गते सम्पन्न ४६ ओैं बैठकले चौथो राष्ट्रीय अधिवेशन आगामी चैत्र २१ गते काठमाण्डोमा आयोजना गर्ने निर्णय गरेको छ ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, महाकसचिब लक्ष्मण शर्माको उपस्थीतीमा हुन अध्यक्ष चन्द्रसागर लामाको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रीय अधिवेशनकालागी महासचिब ज्ञानुमाया क्षेत्रीको संयोजकत्वमा अनिता तुलाधर, सुवास खाती, लक्ष्मी खड्का रहनु भएको  प्रतिवेदन लेखन समिती, दिलमाया श्रेष्ठको संयोजकत्वमा ज्ञानु केसी, हीरा केसी रहनु भएको बिधान संशोधन समिती र अनिता तुलाधरको संयोजकत्वमा आर्थिक प्रतिवेदन समिती गठन गरेको छ ।