नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनिट्राभद्वारा एयर इन्डियाबाट निस्काशित श्रमिकहरूको पुनरबहालीको माग राख्दै चैत्र ११ गते एयरपोर्टस्थित एयर इन्डिया लिमिटेडको कार्यालय प्राङ्गणमा युनिट्राभका अध्यक्ष सुमन पराजुली, जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपाल लगायत नेताहरूको उपस्थीतमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
निस्कासित श्रमिकहरूको तुरुन्त पुनर्वहाली,अनुचित श्रम अभ्यासको अन्त्य र श्रम ऐन अनुसार स्थायी रोजगारीको सुनिश्चितता माग गर्दै निस्कासित श्रमिकहरूले व्यवस्थापन समक्ष माग–दाबी समेत पेश गरिएको
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल बिजुली,पेण्टर,प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को आयोजनामा चैत्र ९ गते पोखरामा निर्माण श्रमिकहरूकालागि सामाजिक सुरक्षा पहुंचको प्रवर्द्धन र सुदृढिकरण बिषयमा कार्यक्रम सम्पन्न भएको छ ।
क्युपेक नेपाल केन्द्रिय अध्यक्ष सान्ता बस्नेतले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको कार्यक्रममा सामाजिक सुरक्षाको प्रवर्द्धनकालागि राजनैतीक लबिङ तथा वकालतका उपायहरूका बारेमा छलफल भएको थियो ।
एयर इन्डियामा कार्यरत १३ जना श्रमिकहरुलाई चैत्र ९ गते देखी नियमित कामबाट ब्यवस्थापकले बन्चीत गरे पछी जिफन्ट र युनिट्राभको सहयोगमा पिडित श्रमिकहरू आवश्यक कानुनी उपचारमा जाने भएको छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आबद्ध युनिट्राभका सदस्यहरूलाई सादा कागजमा जबर्जस्ती हस्ताक्षर गराई चैत्र ९ गते देखी रोजगारी अन्त्य गरिएको पत्र इमेल मार्फत जानकारी गरेको थियो ।
एयर इन्डियामा व्यवस्थापन पक्षले गरेको अनुचित श्रम अभ्यासका सन्दर्भमा चैत्र ९ गते जिफन्ट बागमती प्रदेश कमिटी अध्यक्ष रामहरी नेपाल युनिट्राभ अध्यक्ष सुमन पराजुली लगायत निस्काशित श्रमिकहरू बिच जिफन्ट कार्यालयमा छलफल भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) द्वारा चैत्र ७ गते १८ औँ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी देशका बिभिन्न स्थानमा मनाएको छ ।
नाबुन केन्दीय कमिटीको आयोजनामा जिफन्ट सभाहलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्थापना दिवसको शुभकामना ब्यक्त गर्नु हुंदै नेपालमा सौन्दर्यकर्मी क्षेत्रको बिकास र बिस्तारको बारेमा चर्चा गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा सौन्दर्यकर्मी क्षेत्र सामान्य सीपबाट क्रमशः ठुला उद्योगको रूपमा विकसित हुँदै गएको उल्लेख गर्नुहुंदै अबको मुख्य आवश्यकता गुणस्तर अभिवृद्धि ,पेशागत सम्मान ,स्पष्ट पहिचान ,मर्यादित जीवन र सामाजिक सुरक्षाको सुनिश्चितता रहेको बताउनु भयो ।
कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा र जिफन्ट आवद्ध युनियनहरूको तर्फबाट क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरी नाबुन केन्द्रीय र बागमती प्रदेश कमिटीको संयुक्त आयोजनामा तार्केश्वर नगरपालिका स्थित रहेको नबजिबन परोपकार समाजमा रहेका शारीरिक अशक्त र परिवार बिहिन २८ जना जेष्ठ नागरिकलाई दिवा भोजनको समेत ब्यवस्थापन गरेको थियो ।
स्थापना दिवस कै सन्दर्भमा चैत्र ७ गते नाबुन भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगर पालिका, पोखरा महानगरपालिका र कुस्मा नगर कमिटीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नाबुन विराटनगर महानगर कमिटि, ईटहरी उपमहानगर कमिटी, त्रियुगा नगर कमिटी, दुहबी नगर कमिटीले रक्तदान कार्यक्रम, ईनरुवा नगर कमिटीले मोरङ जिल्लामा निशुल्क स्टेशनरी बितरण तथा जनता माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी स्थापना दिवस मनाईएको हो ।
नाबुन मधेश प्रदेश कमिटी र बिरगंज उपमहानगर कमिटीको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर, लुम्बीनी प्रदेशको सिद्धार्थनगर नगर कमिटीले बालगृहका बालबालिकाहरूलाई निशुल्क खाजा बितरण गरेर १८ औँ स्थापना दिवस मनाईएको नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले जानकारी दिनु भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन (नेस्वहोमयु) होटल द सोल्टी प्रतिष्ठानले माघ १ गते अग्रज ट्रेड युनियनकर्मि सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेस्वहोमयु होटल द सोल्टी प्रतिष्ठानको बिभिन्न पदमा रही काम गर्नु भएका अग्रज ट्रेड युनियनकर्मीहरू शिव तिमल्सिना र रमिला श्रेष्ठलाइ सम्मान गरेको छ ।
प्रतिष्ठान अध्यक्ष केशब बहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले सम्मानीत ट्रेड युनियनकर्मीहरूलाइ बधाइ तथा शुभकामना दिनु हुदै अग्रज नेताहरूको मार्ग निर्देशन र युवाहरूको क्षमतालाइ समन्वय गरी ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउनु आजको युनियन आन्दोलनको आवश्यकता रहेको बताउनु भयो ।
प्रतिष्ठान सचिब राजेन्द्र खुलालले संचालन गर्नु भएको सम्मान कार्यक्रममा नेस्वहोमयु केनद्रीय अध्यक्ष लक्ष्मण तिवारी, उपाध्यक्ष बद्री कुमार भण्डारी र सम्मानित ब्यक्तीत्व शिव तिमल्सिनाले मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) गोकर्णेश्वर पालिका कमिटीको पुस २८ गते सम्पन्न तेस्रो अधिवेशनले आष्मा धिसिङ्गको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ।
भेलाका प्रमुख अतिथी नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको पेशागत सुरक्षा तथा हक हितकालागी सौन्दर्यकर्मीहरू संगठीत हुनु पर्नेमा जोड दिनुहुंदै यस क्षेत्रमा भएको प्रबिधीको बिकास संगै सौन्दर्यकर्मीहरूको पनि दक्षता अभिबृद्धिकालागि युनियनले पहल गर्ने बताउनु भएको थियो ।
नावुन केन्द्रीय बागमती प्रदेश सचिब सरीता सिवाकोटीले नवगठीत कमिटिलाइ बधाइ तथा शुभकामना दिनुहुदै श्रमिकहरूको शक्ती भनेकै संगठन भएको हुनाले योजनावद्ध ढंगले संगठन परीचालन आवश्यक रहेको बताउनु भएको थियो ।