नाबुन गोकर्णेश्वरको अध्यक्षमा आष्मा धिसिङ्ग चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) गोकर्णेश्वर पालिका कमिटीको पुस २८ गते सम्पन्न तेस्रो अधिवेशनले आष्मा धिसिङ्गको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन गरेको छ।

भेलाका प्रमुख अतिथी नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको पेशागत सुरक्षा तथा हक हितकालागी सौन्दर्यकर्मीहरू संगठीत हुनु पर्नेमा जोड दिनुहुंदै यस क्षेत्रमा भएको प्रबिधीको बिकास संगै सौन्दर्यकर्मीहरूको पनि दक्षता अभिबृद्धिकालागि युनियनले पहल गर्ने बताउनु भएको थियो । 

नावुन केन्द्रीय बागमती प्रदेश सचिब सरीता सिवाकोटीले नवगठीत कमिटिलाइ बधाइ तथा शुभकामना दिनुहुदै श्रमिकहरूको शक्ती भनेकै संगठन भएको हुनाले योजनावद्ध ढंगले संगठन परीचालन आवश्यक रहेको बताउनु भएको थियो ।