गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनद्वारा अध्ययन सहयोग प्रदान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले असोज ६ गते गत साउन २७ गते सडक दुर्घटनामा ज्यान गुमाएका सहचालक सुनिल कार्कीकी छोरी सुवास्ना कार्कीलाई अध्ययन खर्च बापत १५ हजार ५ सय ५५ नगद सहयोग गरेको छ । 

१३ वर्षीया कार्की कोभ्रे जिल्लाको नाला स्थीत उग्रचण्डी बोर्डिङ स्कुलको कक्षा ७ मा अध्धयनरत रहेको छ ।
 

जेन–जी आन्दोलनका कारण निजी क्षेत्रमा झन्डै ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन

नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको प्रतिनिधि मण्डलले असोज ५ गते प्रधानमन्त्री सुशीला कार्कीसंग भेट गरी जेन–जी आन्दोलनका कारण झन्डै ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आँकलन रहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा अर्थतन्त्र पुनर्स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न आग्रह समेत गरेको छ । 
 

आगजनी, तोडफोड कारण पूर्णक्षति भएका भाटभटेनी कर्मचारीले जागिर गुमाउन नपर्ने

भदौ २४ गतेको भएको आगजनी, तोडफोड र लुटपाटका कारण पूर्ण क्षति भएका भाटभटेनीको १२ वटा सुपरस्टोरमा कार्यरत कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोर ब्यवस्थापकले जनाएको छ।

केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको र हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिनु भएको छ ।
 

राइडर्स युनियन नेपाल (रन) चितवन जिल्ला अलपत्र यात्रुलाइ पानी र बिस्कुट वितरण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) चितवन जिल्ला कमिटी उपाध्यक्ष आलोक कुमार श्रेष्ठको नेतृत्वमा अलपत्र परेका यात्रु तथा यातायात मजदुरहरूलाइ पानी र बिस्कुट वितरण गरेको युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले जानकारी दिनु भएको छ । 
 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अलपत्र यात्रु तथा सवारी मजदुरहरूको उद्धार टोली गठन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक असोज ३ गते खसेको पहिरोको कारण अलपत्र यात्रु तथा सवारी मजदुरहरूको उद्धार तथा सहयोगका लागि संगठनका महासचिव केशव थापाको नेतृत्वमा विशेष टिम परिचालन गरेको छ ।
 

इन्डस्ट्रिअल ग्लोबल युनियनद्वारा नेपाली श्रमिकहरू प्रती ऐक्यबद्धता

खानी, ऊर्जा र उत्पादन क्षेत्रमा कार्यरत १३० राष्ट्रका ५५० ट्रेड युनियनमा आवद्ध ५ करोडभन्दा बढी श्रमिकहरूको अन्तररार्ष्ट्रिय संगठन इन्डस्ट्रिअल ग्लोबल युनियनका महासचिब एट्ले होइले असोज ३ गते एक बिज्ञप्ती जारी गत भाद्र २३ र २४ गते विभिन्न आधोगिक  प्रतिष्ठानहरूमा भएका हिंसात्मक आक्रमणका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौं कामदारहरूप्रती ऐक्यबद्धता व्यक्त गरेको छ ।

बक्तब्यमा इन्डस्ट्रिअल, नेपालको श्रम आन्दोलनले उठाएका श्रमिक अधिकार, मर्यादित काम र सामाजिक न्यायको पक्षमा रहेको भन्दै ऐक्यबद्धता जनाएको छ ।