नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले असोज ३ गते संविधान दिवस मनाउने तयारी गरेको छ ।
बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलनको जगमा गठन भएको ऐतिहासिक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको दिन असोज ३ गते जिफन्टले दिप प्रज्वलन गरी संविधान दिवस मनाउन असोज १ गते जिफन्ट सभाहलमा अगुवा कार्यकर्ताको भेला गरेको छ ।

भेलालाइ सम्बोधन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले लोकतन्त्रले मात्रै नयाँ नेपालको परिकल्पना गर्न सकिने भएकाले यो व्यवस्थाको विकल्प खोज्नेहरुको सपना किमार्थ पुरा हुन श्रमिकहरुले नदिने भन्नु हुंदै जिफन्ट संधै भ्रष्टाचारको विरोधी रहेको र शुसासनका पक्षपाती भएको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले भदौ २३ गते भएका ज्यान जानेगरी भएका घटना र २४ गते तोडफोड र आगजनीका घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्नुहुंदै नेपालका श्रमिकहरुको लोकतन्त्र, श्रमिक अधिकार, सम्मानित जीवनको लागि र श्रमजीवी वर्गीय हक र हितको लागि अझ प्रतिवध्द र एकतावध्द भई अघि बढ्नको लागि आव्हान समेत गरेको छ ।
थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122168792522435116&type=3