जिफन्टले मनायो देशभर संविधान तथा राष्ट्रिय दिवस २०८२

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को सन्दर्भमा असोज ३ गते  मनमोहन मजदुर भवन जिफन्ट प्लाजामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष बिनोद श्रेष्ठले नेपाली श्रमजीवी जनताको सदियौं देखिको लोकतन्त्र, न्याय र समानताको पक्षमा भएका संघर्ष र हजारौं सहीदहरुको बलिदानबाट प्राप्त गरिएको नेपालको संविधान २०७२ जारी गरिएको  उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनताहरु प्रति जिफन्टको तर्फबाट शुभकामना व्यक्त गर्नु हुंदै जनताको संबिधान बनाउने देखी हाल सम्मको लोकतान्त्रीक अन्दोलनमा शाहादत प्राप्त गर्ने सम्पुर्ण शहिदहरूमा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । 

नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको भन्नुहुंदै अध्यक्ष श्रेष्ठले संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले कुनै हालतमा सहन नसक्ने र लोकतान्त्रिक गणतन्त्रको विकल्प अर्को कुनै व्यवस्था हुनै नसक्ने भन्दै गणतन्त्र र त्यसको मुल आत्माका रुपमा रहेको संविधान रक्षाका लागि जिफन्ट प्रतिवद्ध रहेको बताउनुभयो । 

नेपाली श्रमजीवी वर्गको पसिनाले ठडिएको जिफन्ट भवनलाई भदौ २४ गते जेन जी आन्दोलनको नाममा अराजक समुहले तोडफोड तथा समान लुटेको भन्नहुंदै भौतिक संरचना माथिको क्षतिले विचारलाई गलाउन नसक्ने र जिफन्ट विचार सहितको आन्दोलनले उठेको देशकै श्रम आन्दोलनको मुल शक्ति भएको हुनाले हामी फेरी उठ्नेछौं, हाम्रो भवनमा पुर्याएको क्षति हाम्रै पसिनाले पुर्ति गर्ने समेत अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

जिफन्ट महासचिब लक्ष्मण शर्माले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रममा जिफन्ट संरक्षक विष्णु रिमाल लगायत जिफन्ट र आवद्ध युनियनका नेता तथा कार्यकर्ताहरूको दिप प्रज्वलन गर्नुभएको थियो ।

त्यसैगरी संविधान तथा राष्ट्रिय दिवशको सन्दर्भमा जिफन्ट मधेश प्रदेशले असोज ३ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

जिफन्ट उपाध्यक्ष मन्जु थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष कमलेश झाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संचालन प्रदेश सचिब मुक्ति चौधरीले र स्वागत दिलिप कुमार साह ले गर्नु भएको थियो । 
 

थप फोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122169056870435116&type=3

https://www.facebook.com/media/set/?set=a.122169162878435116&type=3