भदौ २४ गतेको भएको आगजनी, तोडफोड र लुटपाटका कारण पूर्ण क्षति भएका भाटभटेनीको १२ वटा सुपरस्टोरमा कार्यरत कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोर ब्यवस्थापकले जनाएको छ।
केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्याइएको र हाललाई बन्द रहेका १२ वटा सुपरस्टोरका कर्मचारीलाई अहिले सञ्चालन भइरहेका अन्य सुपरस्टोरमा काम लगाइएको भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिनु भएको छ ।