नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघठित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बताउनु भएको हो ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन समारोह सुरू हुनु अधी काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाका बिभिन्न स्थानबाट निस्केको र्यालीमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध हजारौं श्रमिकहरूको पनि सहभागीता रहेको थियो ।

उद्धघाटन समारेहमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङ, नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटी,  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लगायतका अतिथीहरूले महाधिवेशन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । 

सांस्कृतीक कार्यक्रम सहित सुरू भएको उद्धघाटन समारेहमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्वागत गर्नु भएको थियो