गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

अन्टरराष्ट्रिय ट्रेड युनियन महासघ -नेपाल आबद्ध परीषद् २०२६को अध्यक्षमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ चयन

अन्टरराष्ट्रिय ट्रेड युनियन महासघ -नेपाल आबद्ध परीषद्को अध्यक्षमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ आगामी २०२६ सालको लागि चयन हुनु भएको छ । 

पुस १६ गते चितवनमा आयोजित पदभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष योगेन्द्र  कुवरले पदभार हस्तान्तरण गर्नु भएको हो । 

कृषी श्र‌मिकह‌रुकालागि सामाजिक सुरक्षा विषयमा प्रशिक्षण सम्पन्न

अन्तरास्ट्रिय ट्रेड युनियन महासघ - नेपाल आबद्ध परीषद्को आयोजनामा कृषि क्षेत्रका श्र‌मिकह‌रुकालागि सामाजिक सुरक्षा विषयमा दुइ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

पुस १६ गते चितवनमा प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले  कृषि क्षेत्रमा संगठन निर्माण लाई गति दिँदै सबै श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्न पहल गर्नु पर्ने बताउनु भयो । 

प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्किले कृषि श्रमिकको ट्रेड युनियन अधिकार र संगठन कला  बिषयमा, एनटियुसी उपाध्यक्ष गणेश कसीले कृषि क्षेत्रमा सामाजिक सुरक्षा र कृषि श्रमिकको  वर्तमान अवस्था बारेमा प्रशिक्षण दिइरहनु भएको छ ।
 

अदालतले दीपककुमार वैश्यलाइ पुनःबहाली गर्न आदेश

इन्नोभेटिभ फर्माल्याबले बिनाकारण रोजगारीबाट हटाउएका दीपककुमार वैश्यलाइ पुनःबहाली गर्न अदालतले आदेश दिएको छ ।

प्रतिष्ठानले २०८१ पुस १४ गते देखी सुनुवाइको मौका नै नदिई सेवाबाट अवकाश दिएको प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएकाले उक्त निर्णय बदर हुने र पुनरावेदकलाई अवकाश गरिएको मितिदेखि पुनःबहाली नहुँदासम्मको पारिश्रमिक तथा सेवासुविधा प्रतिष्ठानबाट पाउने गरी पुनःबहाली गर्न अदालतको आदेशमा उल्लेख गरेको जिफन्ट आवद्ध बजार व्यवस्थापन तथा बिक्री संघ, नेपाल (ओम्स नेपाल) का केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले जानकारी दिनु भएको छ । 
 

भीमफेदी गाउँपालिकाले २९७ जना श्रमिकलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्यो

यातायात र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनौपचारिक क्षेत्रबाट सामाजिक सुरक्षा योजनामा सहभागि हुन भीमफेदी गाउँपालिकाले पुस १४ गते  सूचना प्रकाशन गरेको छ । 

भीमफेदी गाउँपालिकाको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्र स्थायी बसोबास गर्ने यातायात र निर्माण,क्षेत्रका श्रमिकहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रममा सहभागि हुन सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन अनुरोध गरेको छ ।

भीमफेदी गाउँपालिकाले २०८० साल देखी १९७ जना अनौपचारिक क्षेत्रका श्रमिकहरूलाइ ९ दशमलव ३७%  सहयोगदान गरी  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत गरी सकेको छ भने यस वर्ष देखी ४८ जना महिला स्वयमसेवी र ५२ जना यातायात र निर्माण क्षेत्रका श्रमिकहरुलाइ सुचिकृत गर्न लागेको हो ।

यस बर्ष देखी भीमफेदी गाउँपालिकाका २९७ जना श्रमिकहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तरगत सुबिधा पाउने गांउ पालिका अध्यक्ष हिदम लामाले बताउनु भएको छ । 

२०७५ साल मंसिर ११ गते तत्कालिन सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले नयाँ युगको सुभारम्भको रूपमा उद्घोष गरी प्रारम्भ गरिएको योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा स्थानिय सरकारबाट सहयोगदान गरी गांउपालिका भित्र स्थायी बसोबास गर्ने श्रमिकहरूलाइ सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्ने पहिलो गाउपालीका रहेको छ ।
 

आउटसोर्स श्रमिक भेला सम्पन्न

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल (स्टन) द्वारा पुस १५ गते जिफन्ट सभाहलमा सम्पन्न नेपाल बिधुत प्राधिकरणमा आउटसोर्स मार्फत कार्यरत श्रमिकहरूको भेलाले  ९ सदस्य संघर्ष समिती गठन गरेको छ ।

भेलालाइ सम्बोधन गर्नुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम क्षेत्रमा देखीएका समस्यालाइ समाधान गर्न श्रमिकको संगठीत शक्ति आवश्यक रहेको भन्नु हुंदै आउटसोर्समा काम गर्ने श्रमिकहरूलाइ पनि श्रम कानुन लागु हुने भएतापनी आउटसोर्स कम्पनीहरूले श्रम कानुनको अपब्याख्या गर्ने गरेको बताउनु भयो ।

जिफन्ट उपाध्यक्ष सीता लामा, उपमहासचिव नरनाथ लुइटेल, स्टन अध्यक्ष आशिष खत्री र सदस्य विश्व राज नेपाल लगायतका नेताहरूको उपस्थितीमा सम्पन्न भेलामा बिभिन्न आपुर्ती कम्पनी मार्फत बिधुत प्राधिकरणमा कार्यरत श्रमिकहरूले आफुले भोगिरहेको समस्याका बारेमा भनाइ राख्नु हुंदै समाधानकालागी जिफन्टले पहल गर्न अनुरोध समेत गरेको थियो । 
 

क्यूपेक–नेपालद्वारा टोखामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण

नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध क्युपेक नेपालद्वारा पुस १३ गते टोखा नगरपालिकामा श्रमिक पञ्जीकरण तथा श्रम डेस्क बिषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । 

टोखा नगरपालिका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले श्रमिक पञ्जीकरण, श्रम डेस्कको आवश्यकता, यसको महत्व र सामाजिक सुरक्षाबारे प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा क्युपेक केन्द्रीय अध्यक्ष शान्ता बस्नेत, उपाध्यक्ष योगेन्द्र शर्मा र महासचिव राजेन्द्र बिष्टले मन्तब्य राख्नु भएको थियो ।