यातायात र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनौपचारिक क्षेत्रबाट सामाजिक सुरक्षा योजनामा सहभागि हुन भीमफेदी गाउँपालिकाले पुस १४ गते सूचना प्रकाशन गरेको छ ।
भीमफेदी गाउँपालिकाको आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका भित्र स्थायी बसोबास गर्ने यातायात र निर्माण,क्षेत्रका श्रमिकहरुलाइ योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रममा सहभागि हुन सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजात सहित सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिन अनुरोध गरेको छ ।
भीमफेदी गाउँपालिकाले २०८० साल देखी १९७ जना अनौपचारिक क्षेत्रका श्रमिकहरूलाइ ९ दशमलव ३७% सहयोगदान गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचिकृत गरी सकेको छ भने यस वर्ष देखी ४८ जना महिला स्वयमसेवी र ५२ जना यातायात र निर्माण क्षेत्रका श्रमिकहरुलाइ सुचिकृत गर्न लागेको हो ।
यस बर्ष देखी भीमफेदी गाउँपालिकाका २९७ जना श्रमिकहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तरगत सुबिधा पाउने गांउ पालिका अध्यक्ष हिदम लामाले बताउनु भएको छ ।
२०७५ साल मंसिर ११ गते तत्कालिन सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले नयाँ युगको सुभारम्भको रूपमा उद्घोष गरी प्रारम्भ गरिएको योगदानमा आधारीत सामाजिक सुरक्षा योजनामा स्थानिय सरकारबाट सहयोगदान गरी गांउपालिका भित्र स्थायी बसोबास गर्ने श्रमिकहरूलाइ सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्ने पहिलो गाउपालीका रहेको छ ।
