नेपाल ट्रेड युनियन महसंघ (जिफन्ट) आवद्ध सुरक्षा श्रमिक ट्रेड युनियन, नेपाल (स्टन) द्वारा पुस १५ गते जिफन्ट सभाहलमा सम्पन्न नेपाल बिधुत प्राधिकरणमा आउटसोर्स मार्फत कार्यरत श्रमिकहरूको भेलाले ९ सदस्य संघर्ष समिती गठन गरेको छ ।

भेलालाइ सम्बोधन गर्नुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम क्षेत्रमा देखीएका समस्यालाइ समाधान गर्न श्रमिकको संगठीत शक्ति आवश्यक रहेको भन्नु हुंदै आउटसोर्समा काम गर्ने श्रमिकहरूलाइ पनि श्रम कानुन लागु हुने भएतापनी आउटसोर्स कम्पनीहरूले श्रम कानुनको अपब्याख्या गर्ने गरेको बताउनु भयो ।
जिफन्ट उपाध्यक्ष सीता लामा, उपमहासचिव नरनाथ लुइटेल, स्टन अध्यक्ष आशिष खत्री र सदस्य विश्व राज नेपाल लगायतका नेताहरूको उपस्थितीमा सम्पन्न भेलामा बिभिन्न आपुर्ती कम्पनी मार्फत बिधुत प्राधिकरणमा कार्यरत श्रमिकहरूले आफुले भोगिरहेको समस्याका बारेमा भनाइ राख्नु हुंदै समाधानकालागी जिफन्टले पहल गर्न अनुरोध समेत गरेको थियो ।