गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

नाबुन दुहबी नगर कमिटीले जितिया पर्व मनायो

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) दुहबी नगर कमिटीले जितिया पर्व मनाएको छ ।

नगर कमिटी अध्यक्ष चानु माझीको अध्यक्षतामा असोज ५ गते सुनसरीको दुहबीमा सांस्कृतिक कार्यक्रम सहित जितिया पर्व मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छेदारले सांस्कृतिक पर्वले समाजमा भाइचारा कायम गरेर अगाडी बढ्ने बताउनु हुँदै सौन्दर्यकर्मीहरुले आयोजना गरेको यस्तो कार्यक्रमलाई नगरपालिकाले पनि साथ सहयोग गरेर अगाडी बढ्ने भन्दै महिलाहरु चुलोचौकामा मात्रै व्यस्त नभएर त्यसभन्दा अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा जिफन्ट कोशी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाले नाबुनले सामाजिक कामसँगै समाजमा भाइचारा कायम गर्न सांस्कृतिक कार्यक्रम पनि गरेर अगाडी बढ्ने गरेको बताउँदै जितिया पर्वमा यस्तो सांस्कृतिक कार्यक्रमहरुले महिलाहरुको प्रतिभा उजारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो  ।

दुहबी नगरपालिकाका उद्यम शाखा प्रमुख दिवेश चौधरी, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान,  जिफन्ट महिला कमिटीकी सचिव सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल लगायत अतिथिहरू सहभागी उक्त कार्यक्रमको संचालन नाबुन प्रदेश सदस्य नविना तबदारले र स्वागत मन्तव्य निर्मला चौधरीले गरेकी थिइन् । 
 

कर्णाली प्रदेश कमिटीले सुर्खेत जिल्लाको पन्चपुरि नगरपालिकामा सामाजिक सुरक्षा कार्यान्वयन गर्न माग

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) कर्णाली प्रदेश कमिटीले सुर्खेत जिल्लाको पन्चपुरि नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यानवयन गर्न माग गरेको छ । 

जिफन्ट कर्णाली प्रदेश सचिव श्रीपाल सारु मगरले योगदानमा आधारित सामाजिक सुरक्षाको बिनिमय २०७५ मेयर लालबिर भण्डारीलाई हस्तान्तरण गरी सबै श्रमिकलाइ सामाजिक सुरक्षामा सुचिकरण गर्न माग गरेको हो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामिको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा जिफन्ट आबद्ध युनियन नेपाल स्वास्थ्य स्वयमसेवि सघ (नेभा)का सदस्य बेलमति रामजालिलाई उपचार सहयोग बापट जिफन्ट ऐक्यबद्धता कोष बाट रु २५००० को चेक पनि हस्तान्तरण गरीएको थियो ।
 

जलबायु परिबर्तनमा जिफन्टको चासो

विकसित देशले ठुला आणविक भट्टी सञ्चालन र खनिज पदार्थको दोहन गर्दा जलवायुमा असर परेको कारण यसको नकारात्मक परिणाम अल्पविकसित र विकसित राष्ट्रले बेहोर्नुपरेको भन्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) लगायतका संस्थाहरूद्वारा असोज ४ गते काठमाडौँको माइतीघर मण्डलामा कोणसभा आयोजना गरेको छ ।

कोणसभालाई सम्बोधन गर्नु हुँदै जिफन्ट उपाध्यक्ष सीता लामाले हरित ग्यास उत्सर्जन गरेबापत उनीहरूले क्षतिपूर्ति दिने प्रतिबद्धता गर्छन् तर त्यसको कार्यान्वयन नहुँदा श्रमिक र गरिब वर्ग मर्कामा परेका भन्नु हुँदै जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको प्रत्यक्ष असर झेल्नुपरेको बताउनु भएको छ । 

उपाध्यक्ष लामाले जलवायु परिवर्तनले तापक्रम वृद्धि हुने, अल्पवृष्टि र अनावृष्टि हुनेजस्ता समस्या निम्तिएको र यसले कृषिलगायत विविध क्षेत्रमा श्रमिकको रोजीरोटी खोसिएको तथा गरिबी, बेरोजगारीका कारण युवा पलायन भइरहेको दाबी गर्नुभयो ।

कोणसभामा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा नेपालका हिमालका हिमशृङ्खला पग्लिएर काला पहाड बन्ने खतरा बढेको भन्नु हुँदै खेतिपाती लगायत हरेक क्षेत्रमा देखिएको असर न्यूनीकरणका लागि विकसित देशले जलवायु असरमा शून्य भूमिका खेल्ने नेपाललाई क्षतिपूर्ति दिनुपर्ने विचार व्यक्त गर्नुभयो । 

जिफन्ट आबद्ध युनियन नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स मजदुर युनियन (युनिट्राभ)का अध्यक्ष सुमनप्रसाद पराजुलीले कोपनहेगनमा २०२४ मा भएको जलवायुसम्बन्धी सम्मेलनमा विकसित देशले गरेको प्रतिबद्धताको पूर्ण पालनाका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कडा आवाज  उठाउनुपर्नेमा जोड दिँदै कृषिमा आधारित नेपालजस्तो देशलाई सहयोग गर्ने प्रतिबद्धता गरे पनि त्यस्ता देशले चर्को ब्याजमा ऋण उपलब्ध गराएर ऋणको भार बोकाइरहेको दाबी गर्नुभयो ।

कोणसभामा अखिल नेपाल किसान महासंघका ,उपमहासचिव  सरीता भुसाल लगायतले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी विश्वका गरिब राष्ट्रले व्यहोरि रहेको बताउनु भएको थियो । 

थप फोटोकालागि लिंकमा क्लिक गर्नु होला 

https://www.facebook.com/media/set/?set=a.122119101968435116&type=3
 

संविधान तथा राष्ट्रिय दिवस २०८१ को जिफन्टद्वारा शुभकामना

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिन तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा समस्त श्रमजिवीवर्गमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) द्वारा शुभकामना व्यक्त गरेको छ । 

संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसाथ गर्दै 'समृद्ध नेपाल, सुखी नेपाली'को सङ्कल्प पुरा गर्न राष्ट्रिय दिवसको यस अवसरमा नेपालको संविधानले मौलिक हक मार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनेछ भन्ने विश्वास सहित नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले शुभकामना दिएको हो ।
 

१४१ नेपाली मलेसियाको जेलमा

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका १ सय ४१ जना नेपाली अहिले पनि विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका छन् । 

बलात्कार, झैझगडालगायतका मुद्दामा मलेसियाको पेनाल कोर्टमा ४२ जना, १५ जनालाई ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दामा  र ५७ जनालाई इमिग्रेसन कानुन उल्लङ्घन गरेको आरोपमा नेपालीहरू जेलमा रहेका छन् ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्य २१ जना विभिन्न मुद्दामा जेल परेका छन् भने ६ जनालाई जन्मकैदको फैसला सुनाएको जानकारी दिएको छ । 

आर्थिक वर्ष २०८०–८१ मा मलेसियाको जेलमा ४ सय ८१ नेपाली रहेकामा त्यो संख्या घटेर साउन अन्तिमसम्ममा १ सय ४१ मात्र रहेको पनि दूतावासकाले जानकारी दिनु भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले गैर कानुनी नबन्न र कम्पनी छोडेर नभाग्न अनुरोध गर्दै आएको छ । 

गैर कानुनी रूपमा बसेका श्रमिकहरू बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो) ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद भुक्तानपछि डिपोर्ट गर्ने गरेको छ ।

 

जिफन्ट बैजनाथ गाउँपालिकाको अध्यक्षमा शनिराम थारु

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेशको बाँके जिल्ला अन्तरगत  बैजनाथ गाउँपालिकाको असोज २ गते सम्पन्न भेलाले शनिराम थारुको अध्यक्षतामा १३ सदस्य पालीका कमिटी गठन गरेको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा एमाले बाँके जिल्ला सदस्य निर्मला मल्ल, किशोर थापा, जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण के.सी, लगायतका नेताहरू अतिथिको रूपमा सहभागी रहनु भएको थियो ।