राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) दुहबी नगर कमिटीले जितिया पर्व मनाएको छ ।
नगर कमिटी अध्यक्ष चानु माझीको अध्यक्षतामा असोज ५ गते सुनसरीको दुहबीमा सांस्कृतिक कार्यक्रम सहित जितिया पर्व मनाएको हो ।
कार्यक्रमको प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख बेद नारायण गच्छेदारले सांस्कृतिक पर्वले समाजमा भाइचारा कायम गरेर अगाडी बढ्ने बताउनु हुँदै सौन्दर्यकर्मीहरुले आयोजना गरेको यस्तो कार्यक्रमलाई नगरपालिकाले पनि साथ सहयोग गरेर अगाडी बढ्ने भन्दै महिलाहरु चुलोचौकामा मात्रै व्यस्त नभएर त्यसभन्दा अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा जिफन्ट कोशी प्रदेश युवा कमिटी अध्यक्ष भली सुब्बाले नाबुनले सामाजिक कामसँगै समाजमा भाइचारा कायम गर्न सांस्कृतिक कार्यक्रम पनि गरेर अगाडी बढ्ने गरेको बताउँदै जितिया पर्वमा यस्तो सांस्कृतिक कार्यक्रमहरुले महिलाहरुको प्रतिभा उजारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
दुहबी नगरपालिकाका उद्यम शाखा प्रमुख दिवेश चौधरी, नाबुन केन्द्रीय सचिवालय सदस्य ममता प्रधान, जिफन्ट महिला कमिटीकी सचिव सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, कोषाध्यक्ष अमिता पोखरेल लगायत अतिथिहरू सहभागी उक्त कार्यक्रमको संचालन नाबुन प्रदेश सदस्य नविना तबदारले र स्वागत मन्तव्य निर्मला चौधरीले गरेकी थिइन् ।