सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) झापा जिल्ला कमिटीको ९ औँ अधिवेशन गंगा पासवनको अध्यक्षतामा असोज ५ गते सम्पन्न भयो ।
केन्द्रीय अध्यक्ष शान्ता बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले निरानन्द गिरीको अध्यक्षतामा १७ सदस्य कमिटीको निर्वाचित गरेको छ ।
नेपाल चिया कफि श्रमिक युनियन केन्द्रीय अध्यक्ष सन्त कुमार रार्इ, क्युपेक उपाध्यक्ष अम्बीर लिङदेन, महासचिब राजेन्द्र बिष्ट, उपमहासचिव मुक्तिनाथ गिरी, जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय उपमहासचिव देवी भट्टराई, लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
जिल्ला कमिटी सचिव निरानन्द गिरीले संचालन, उपाध्यक्ष लक्ष्मी घिमिरेले स्वागत गर्नु भएको अधिवेशन उद्घाटन समारोहमा झापा जिल्लाका अग्रज क्युपेक नेपालका सदस्य रजवाला राजवंशी, रेणुका तामाङ र नर बहादुर भुजेललाई सम्मान पनि गरेको थियो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले नयाँ बसपार्कमा रहेको बुकिङ चेकिङमा काम गर्ने मजदुरहरुको असोज ४ गते सम्पन्न भेलाले खगेन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरेको छ ।
संगठनका अध्यक्ष भिम ज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा उपाध्यक्ष नवराज घिमिरे र विष्णु लामा, महासचिब केशव थापा निरू, बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी संगठनको शंखमुल नारायणटार कपन आरुबारी सफा टेम्पु इकाई कमिटीको असोज ३ गते सम्पन्न भेलाले कृष्ण थापा मगरको अध्यक्षतामा ८ सदस्यीय कमिटी पुनरगठन गरेको छ।
संगठन केन्द्रीय सदस्य एवम् सफा क्षेत्रको इन्चार्ज कमल सापकोटाको प्रमुख आतिथ्यमा बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिबालय सदस्यहरु कमरेड काइँला श्रेष्ठ, तिर्थमाया लामा र काठमाडौँ सफा जिल्ला कमिटिका अध्यक्ष बिकाश लामा भेलामा सहभागी रहनु भएको थियो ।
वाध्यकारी श्रम उन्मुलनका लागी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले असोज ४ गते धनुषा जिल्लाको जनकपुरमा संधिय तथा प्रदेश सभाका माननिय बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालको मजबुत ट्रेड युनियन आन्दोलनको कारण श्रमिकलाई शोषण गर्ने शैलीमा परीवर्तन आए पनि बाध्यकारी श्रम र शोषण अन्त्य भै नसकेको हुनाले जिफन्ट निरन्तर मर्यादित कामको अभियानमा अगाडी बढिरहेको बताउनु भएको छ ।
जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्कीले अन्तरक्रिया कार्यक्रमको उद्देश्य सहितका कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा मदेश प्रदेश सभा सदस्य माननिय मञ्जु थापा, हरिनारायण महतो, केशव राय, शारदा थापा, पल्टी देवी यादवले लगायत वाध्यकारी श्रम उन्मुलनकालागि प्रतिबद्धता जनाउनु भएको थियो ।
IL0 का प्रतिनिधि महेन्द्र महतोले वाध्यकारी श्रम बा बारेमा मन्तब्य राख्नु भएको सो कार्यक्रमको संचालन जिफन्ट मदेश प्रदेश सचिव मुक्ति चौधरीले गर्नुभएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अन्तरगत चितवन जिल्लाको रत्ननगर पालिकामा असोज ५ गते चितवन जिल्ला समन्वय कमिटी अध्यक्ष पुस्कर बाबु त्रिपिठाको अध्यक्षतामा श्रमिक भेला सम्पन्न भयो ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यमा रत्ननगर स्थित उद्योग वाणिज्य महासंघको सभाहलमा सम्पन्न भेलामा नेकपा एमालेका नेताहरू प्रकाश खनाल, टिका पौडेल, प्रताप डल्लाकोटि, निरन्जना घिमिरे, ईश्वर अर्याल, रितु गिरि, जिफन्ट आवद्ध युनियन बाफ्स्यु अध्यक्ष नारायण अधिकारी र नाबुन केन्द्रीय सदस्य अन्जु गुरुङ लगायतका अतिथिहरूले मन्तव्य राख्नु भएको थियो ।
गोबिन्द खनालले स्वागत मन्तव्य राख्नु भएको उक्त भेलाले शंकर खनालको संयोजकत्वमा नौ सदस्यीय कमिटी गठन गरेको छ।
नवगठीत कमिटीलाई जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
चाडपर्वमा यात्रुहरुको प्रभावकारी सेवा र यातायात मजदुरहरुको भूमिकाका विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीले असोज ५ गते कोटेश्वरमा छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
काठमाकाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले साझा प्रतिबद्धता गराइएको छ ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतम, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना दिनुभएको कार्यक्रममा चाडपर्वका समय यात्रुहरुको सेवालाई प्रभावकारी बनाउन यात्रुमैत्री व्यवहार, यात्रु तानातान नगर्ने र त्यस्ता कार्यलाई निरुत्साहित गर्ने, तोकिएको वा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने साझा प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी अशक्त, अपाङ्गता, जेष्ठ नागरिक, महिला र बालबालिकालाई सहयोग र सम्मान, परिचयपत्र तथा पोशाक लगाएर मात्रै काम गर्ने, काउन्टरमा शौचालय, खानेपानी, बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था र बुकिङ काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, बीचबाटोमै यात्रु अलपत्र हुने गरी गन्तव्य स्थान ढाँटेर टिकट नकाट्ने लगायतका १४ वटा बिषयमा यात्रुहरूलाई प्रभावकारी सेवा दिन साझा प्रतिबद्धता जनाएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेस प्रदेश को २१ औ पूर्ण बैठक जिफन्ट प्रदेश अध्यक्ष कमलवश झाको अध्यक्षतामा असोज ६ गते सिमरा सम्पन्न भयो ।
बैठकले विधान बमोजिम आबद्ध घटक यूनियन समग्र उद्योग ट्रेड युनियन नेपाल (ब्हीन) बाट दिल्ली दाहाललाई प्रदेश कमिटीको सदस्य पदमा मनोतित गरेको छ ।
बैठकको रिपोर्टिंगको क्रममा उठेका जिज्ञासा र समस्यालाई समेट्ने गरी सुझाव सहितको निर्देशन दिँदै बैठकका प्रमुख अतिथि अध्यक्ष विनोद श्रेष्ठले बैठकलाई सम्बोधन गर्नु भएको थियो ।
बैठकमा उपाध्यक्ष विदुर कार्कीको पनि आतिथ्यता रहेको थियो । प्रदेश सचिव मुक्ति चौधरीले संगठन विस्तारको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।