जिफन्ट निरन्तर मर्यादित कामको अभियानमा अगाडी बढिरहेको छः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

वाध्यकारी श्रम उन्मुलनका लागी नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले असोज ४ गते धनुषा जिल्लाको जनकपुरमा संधिय तथा प्रदेश सभाका माननिय बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालको मजबुत ट्रेड युनियन आन्दोलनको कारण श्रमिकलाई शोषण गर्ने शैलीमा परीवर्तन आए पनि बाध्यकारी श्रम र शोषण अन्त्य भै नसकेको हुनाले जिफन्ट निरन्तर मर्यादित कामको अभियानमा अगाडी बढिरहेको बताउनु भएको छ ।

जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिफन्ट उपाध्यक्ष विदुर कार्कीले अन्तरक्रिया कार्यक्रमको उद्देश्य सहितका कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा मदेश प्रदेश सभा सदस्य माननिय मञ्जु थापा, हरिनारायण महतो, केशव राय, शारदा थापा, पल्टी देवी यादवले  लगायत वाध्यकारी श्रम उन्मुलनकालागि  प्रतिबद्धता जनाउनु भएको थियो । 

IL0 का प्रतिनिधि महेन्द्र महतोले वाध्यकारी श्रम बा बारेमा मन्तब्य राख्नु भएको सो कार्यक्रमको संचालन जिफन्ट मदेश प्रदेश सचिव मुक्ति चौधरीले गर्नुभएको थियो ।