जिफन्ट ऐक्यबद्धता कोषबाट तनहुँ जिल्लाको ३ जनालाइ उपचार सहयोग प्रदान

नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) का सदस्यहरू पवित्रा सार्की, टीकाराम गुरुङ र कृष्ण बहादुर थापालाई  असोज ६ गते जिफन्ट ऐक्यबद्धता कोषबाट उपचार सहयोग प्रदान गरेको छ ।

तनहुँ जिल्ला भिमाद -६ का पवित्र सार्की क्यान्सर , म्याग्दे -६ टीकाराम गुरुङ मुटु रोगबाट पीडित हुनुहुन्छ, भने ब्यास-१ का कृष्ण बहादुर थापा पक्षाघात रोगबाट पीडित हुनुहुन्छ ।

क्युपेक नेपाल उपमहासचिव सोम अले लगायतका नेताहरूको सहभागितामा उक्त सहयोग रकम पबित्रा सार्कीलाइ  र टीकाराम गुरुङ को श्रीमति ज्ञानु गुरुङले र कृष्ण बहादुर थापाको भतिज भक्त बहादुर थापालाई हस्तान्तरण गरेको हो ।