गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

जिफन्ट श्रम सम्बन्ध परिषदको १३औं बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट श्रम सम्बन्ध परिषदको १३औं बैठक जिफन्ट सभाहल पुतलीसडकमा मंसिर २२ गते परिषद प्रमुख जनक चौधरीको अध्यक्षतामा सम्पन्न भयो । 

बैठकमा जिफन्ट महासचिव लक्ष्मण शर्माले छिटो छिटो बदलिई रहेको हाम्रो श्रम बजारमा जिफन्ट श्रम सम्बन्ध परिषदको प्रभावकारिता बढाउनु जरुरी रहेको बताउनुभयो। 

बैठकमा जिफन्ट आवद्ध घटक युनियन र प्रदेश सचिवहरुले आआफ्ना कार्यक्षेत्रका श्रम विवाद र घटनाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो।

 

काठमाण्डो महानगर पालिकाद्वारा नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस २०८१ को अवसरमा काठमाण्डो महानगर पालिकाले नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अवद्ध युनियन नेपाल स्वास्थ्य स्वयंसेवी संघ नेभालाइ सम्मान गरेको छ । 

नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा निरन्तर रुपमा निःस्वार्थ भावनाका साथ पुऱ्याएको अतुलनीय योगदान र लैङ्गिक हिंसा रोकथाम लगायतका क्षेत्रमा पुऱ्याएको योगदानको कदर स्वरूप मंसिर २०गते  महिला सामुदायिक स्वास्थ्य स्वयमंसेविका दिवस अवसरमा महानगरले आयोजना गरेको कार्यक्रममा सम्मान गरेको हो ।

क्युपेक तनहुँको अध्यक्षमा बम बहादुर थापामगर निर्वाचित

जिफन्ट आबद्ध यूनियन क्यूपेक नेपाल तनहुँ जिल्लाको मंसिर २० गते सम्पन्न अधिवेशनले बम बहादुर थापामगरको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी निर्बाचित गरेको छ ।

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा सम्पन्न सो अधिवेशनमा नेकपा एमाले तनहुँ जिल्ला सचिब प्रदिप अधिकारी, क्यूपेक केन्द्रीय महासचिव राजेन्द्र बिष्ट, उपमहासचिव सोम बहादुर आले, सचिब पुण्य प्रसाद उप्रेती लगाएतका नेताहरूको उपस्थिति रहेको थियो । 
 

जिफन्टद्वारा लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान संचालन

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान देशव्यापी बिभिन्न कार्यक्रमको आयोजना गरी मनायो । 

अभियानको पहिलो दिन मंसिर १० गते जिफन्ट वागमती प्रदेश महिला कमिटीद्वारा जिफन्ट सभाहलमा जिफन्टको महिला हिंसा विरुध्दको आचार संहिता कार्यान्वयनको बारेमा अभिमुखिकरण कार्यक्रम आयोजना गरी अभियानको सुरुवात गरेको छ ।

अध्यक्ष विनोद श्रेष्ठले लैंगिक हिंसा बिरूद्धको बिश्व दिवसको सन्दर्भमा सबैमा शुभकामना दिंदै हिंसा जस्तोसुकै भएपनि, जहां भए पनी जस्ले गरेपनि त्यो अपराध भएको बताउनु हुदै यसकालागी जिफन्टको कार्यथलो देखी राष्ट्रिय स्तर सम्मका सबै कमिटी र समस्त सदस्यहरू सचेत र सजग हुनुपर्नेमा जोड दिनु भयो । 

लैंगिक हिंसालाई एकपक्षीय ढङगले नबुझ्न र हल्लाको पछि नलाग्न अनुरोध गर्नु हुदै अध्यक्ष श्रेष्ठले श्रमिक महिलाहरूको समस्यालाइ समाधान गर्न जिफन्टले महिलाहरूलाइ नै नेतृत्वमा ल्याउन बिशेष योजना सहित काम गरी रहेको भन्नु हुदै जिफन्ट सदस्यहरूले त्याग समर्पण र निरन्तरतामा ध्यान दिनु पर्ने बताउनु भयो ।

लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान अन्तरगत जिफन्ट कोशी प्रदेश महिला कमिटीको आयोजनामा मंसिर १७ गते बिराटनगरमा प्रदेश महिला कमिटी अध्यक्ष डोमा राईको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट सचिवहरू हरी बहादुर कार्की, कृष्ण केसी, राष्ट्रिय कमिटी सदस्य तथा कोशी प्रदेश अध्यक्ष किशोर धमला सदस्यहरू भिम ज्वाला राई, सन्त कुमार राई, माया भण्डारीलगाएतका नेताहरूको उपस्थीत रहेको थियो ।

कोशी प्रदेश महिला कमिटी सचिव सायदा तवसुमले संचालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष सकुन्तला वरालले स्वागत गर्नु भएको थियो ।

त्यसैगरी मदेश प्रदेश बारा जिल्लाको सिमरामा मंसिर १८ गते प्रदेश महिला कमिटी अध्यक्ष सरीता नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट राष्ट्रिय महिला कमिटी सदस्य तथा प्रदेश इन्चार्ज गिता भण्डारीले धन्यवाद मन्तब्य राख्नु  भएको थियो भने कोशी प्रदेश महिला कमिटी सह सचिव कल्पना कोइरालाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

अभिमुखीकरण कार्यक्रमको संचालन शिला झाले र ममता कायस्थले स्वागत गर्नु भएको थियो ।

१६ दिने अभियान अन्तरगत जिफन्ट गण्डकी प्रदेश महिला कमिटीको आयोजनामा मंसिर १९ गते पोखरामा भएको अभिमुखीकरण कार्यक्रम प्रदेश महिला कमिटी अध्यक्ष संगिता पाण्डेको अध्यक्षतामा सम्पन्न भयो ।

अभिमुखीकरण कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, सचिब महेन्द्रलाल श्रेष्ठ, राष्ट्रिय कमिटी सदस्य मिश्र कुमारी गुरूङ्ग, प्रदेश अध्यक्ष रूद्र बहादुर खत्री लगाएतका नेताहरूको उपस्थीती रहेको थियो ।

लैंगिक हिंसा विरुध्दको १६ दिने अभियान अन्तरगत मंसिर २० गते जिफन्ट लुम्बीनी प्रदेश महिला कमिटीको आयोजनामा रूपन्देही जिल्लाको बुटवलमा प्रदेश महिला कमिटी अध्यक्ष सरस्वती सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भुमिकला बलालले र स्वागत शुशिला न्यौपानेले गर्नु भएको सो कार्यक्रममा जिफन्ट केन्द्रीय लेखा परिक्षण आयोग प्रमुख गुमादेवी आचार्य, जिफन्ट सचिब हरि कार्की, राष्ट्रिय महिला कमिटी सदस्य रन्जु भट्टराई र प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको आतिथ्यता रहेको थियो ।

सम्पन्न कार्यक्रमहरूमा महिला कमिटी अध्यक्ष सीता लामाद्वारा आईएलओ अभिसन्धी १९०, उपाध्यक्ष कमला तमाङद्वारा जिफन्ट महिला नीति तथा सचिव विजया खड्काले लैंगिक हिंशाको अवस्था र जिफन्टको भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
 

क्युपेक कास्कीको अध्यक्षमा तिर्थराज मगर निर्वाचित

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट आबद्ध क्यूपेक–नेपाल कास्की जिल्लाको मंसिर १८ गते सम्पन्न ११ औं अधिवेशनले तिर्थराज मगरको अध्यक्षतामा १३ सदस्य कमिटी निर्वाचित गरेको छ ।

क्यपेक अध्यक्ष शान्ता बस्नेतको प्रमुख अतिथ्यमा जिफन्ट प्रदेश अध्यक्ष रूद्र खत्री लगाएतका नेताहरूको उपस्थितिमा सम्पन्न सो अधिवेशनका प्रमुख अतिथि बस्नेतले अधिवेशन सफलताको शुभकामना दिनु हुँदै श्रमिकहरूको हक  र हितकालागी बलियो संगठन निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाले वर्षौदेखिको संघर्षबाट प्राप्त गरेको योगदानमा आधारित सामाजिक सुरक्षालाइ प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अनौपचारीक श्रमिकहरूलाई स्थानिय तहमा सुचिकृत गर्नु पर्ने धारणा राख्नु भयो ।

अधिवेशन उद्घाटन अघि श्रमिक र्‍यालीले पोखरा नगरको परिक्रमा गरेको थियो । 
 

कोशी प्रदेशका मुख्यमन्त्री र जिफन्ट नेतृत्व बिच छलफल

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सँग योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा छलफल गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन र श्रम ऐनको प्रभावकारी कार्यान्वयनका बारेमा मंसिर १७ गते छलफल भएको हो । 

व्यवस्थित श्रम बजारका लागि कोशी सरकार सदैव सकारात्मक रहेको भन्नु हुँदै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्वास्थ्य स्वयंसेबिकालाइ विनियोजित रकम यथाशीघ्र जिल्लामा पठाउई स्थानीय तहबाटै कोषमा सुचिकृत गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

जिफन्टको तर्फबाट प्रतिनिधि मण्डलमा राष्ट्रिय कमिटी उपाध्यक्ष सीता लामा, उपमहासचिव कमला तामाङ्ग, सचिव कृष्ण केसी र सदस्य माया भण्डारी लगायतका स्थानिय नेताहरूको उपस्थिति रहेको थियो।