नेकपा(एमाले) मजदुर विशेष जिल्लालाई ३ दिने प्रशिक्षण सम्पन्न

नेकपा(एमाले) केन्द्रीय पार्टी स्कुल विभागद्वारा मजदुर विशेष जिल्ला कमिटीलाई तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मंसिर २७ गते देखी जिफन्ट स्कुलमा सुरु भएको सो प्रशिक्षण कार्यक्रमको पहिलो दिन सामाजिक रूपान्तरण र मार्क्सवादी विश्व दृष्टिकोणका बारेमा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, नेपालका राजनैतिक दलहरूको तुलनात्मक अध्ययनका बारेमा पोलिटब्युरो सदस्य अनन्द पोखरेलले, नेपाली समाजको विकासक्रम र वर्गीय पक्षधरताको विषयमा स्कुल विभाग सदस्य प्राध्यापक डाक्टर रमेश भट्टराइले र सूचना संचारका बारेमा उपत्यका विशेष प्रदेश कमिटी सचिब मिलन धरेलले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी प्रशिक्षणको दोस्रो दिन नेपाली कम्युनिष्ट आन्दोलनको विकास क्रम र प्रवृत्तिका बारेमा उपाध्यक्ष युवराज ज्ञवालीले, समावेशी सिद्धान्त बारेमा पोलिटब्युरो सदस्य पर्शुराम मेधी गुरूङ्गले, संगठन निर्माण, परिचालन विषयमा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता  शाक्यले, श्रम प्रशासन र सुशासन  विषयमा अधिवक्ता धनेन्द्र  श्रेष्ठले  र प्रशिक्षण व्यवस्थापन सिप शैलीका विषयमा उपत्यका  विशेष प्रदेश उपाध्यक्ष बिदुर कार्कीले प्रशिक्षण दिनु भएको हो । 

प्रशिक्षण कार्यक्रमको अन्तिम दिन महाधिवेशनद्वारा पारित कार्यदिशाको विषयमा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा अन्जान शर्माले, प्रशिक्षण योजनाका बारेमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मजदुर विशेष जिल्ला इन्चार्ज सीता लामा र स्कुल विभाग सदस्य सुन्दर लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।

पार्टी केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य पेम्बा लामाले सहजीकरण गर्नुभएको सो प्रशिक्षण कार्यक्रममा मजदुर विशेष जिल्ला कमिटीका ४६ जना प्रशिक्षार्थीहरूको सहभागी रहेको कार्यक्रमको अन्तमा सहभागीहरूको तर्फबाट गिता लामिछाने र अर्जुनबाबु विकले कार्यक्रमको बारेमा धारणा राख्नुभएको थियो । 

मजदुर विशेष जिल्ला कमिटीका अध्यक्ष तुलसी सिवाकोटीको अध्यक्षतामा सचिब सुमन पराजुलीले संचालन गर्नु भएको  प्रशिक्षण समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो