विदेश जाने श्रमिकको 'मेडिकल' गर्ने अधिकांश संस्था मापदण्ड विपरीत
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले काठमाण्डौ टोखा नगरपालिकामा सरसफाइ तथा सफाइ वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरूलाई कार्य थलोमा हुने लैगिक हिंसा सम्बन्धी" तालिम मंसिर ३० गते सम्पन्न गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठले कार्यक्रमको शुभारम्भ गर्नु भएको सो कार्यक्रममा जिफन्टका उपमहासचिव नरनाथ लुइटेल, नेपाल सफाइ कर्मचारी यूनियन अध्यक्ष मोहन नेपालीले लैगिक हिंसा सम्बन्धी जिफन्टको अचार संहिता लगाएतका बिषयमा प्रकाश पार्नु भएको थियो ।
सो कार्यक्रमको सहजिकरण जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले गर्नुभएको थियो ।