नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) जिफन्टले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा “साामााजिक सुरक्षा नियमित योगदान–श्रमिकको अधिकार संरक्षण" मुल नाराकासाथ यस वर्षको अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस (१८ डिसेम्बर) मनाउने क्रममा हिजो जिफन्ट सभाहलमा पत्रकार सम्मेलन मार्फत विगतमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको बारेमा जानकारी सहितको फ्याक्ट सिट सार्वजनिक गरेको छ । फ्याक्ट सिट सार्वजनिक गर्नु हुदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले संसारभरका वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको योगदानको सम्मान गर्दै तिनको अधिकारको संरक्षण गर्नको लागि आवाज उठाउने दिवसको रूपमा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको रूपमा मनाउदै आएको भनु हुदै यो वर्ष १८ डिसेम्बर अर्थात पुस ३ गते जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ देश र विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिनु भयो ।

अध्यक्ष श्रेष्ठले जिफन्टले वर्षौंदेखि वैदेशिक रोजगारीको सम्बन्धमा ‘मुलूकमा नै न्यायिक ज्याला सहितको रोजगारी’को माग गर्दै आएको भन्नुहुदै वैदेशिक रोजगारीलाई बाध्यता हैन, छनौटको विषय बनाऔँ भन्ने दृष्टिकोण कायमै रहेको बताउनु भयो ।
‘जहाँ श्रमिक त्यहाँ जिफन्ट’ भन्ने नाराका साथ कोरिया देखि मलेसिया, र साउदी अरेबिया लगायत सबै गन्तव्यहरूमा कृयाशिलररहेको जिफन्ट यस वर्ष देखी यूरोप र अमेरिकामा प्रवासी श्रमिहरूलाइ जिफन्ट सहयोग समुह मार्फत संगठीत गर्ने अभियानमा अगाडी बढाएको र जिफन्ट सहयोग समुह अमेरिकाले आफ्नो गतिविधि सुरू गरी सकेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षाको योगदान गर्नुपर्ने व्यवस्थाले गर्दा १३ लाख १ हजार अठहत्तर जना श्रमिकहरूको योगदान सहित सूचिकरण भएको छ, तर उनीहरुको योगदान नियमित नहुनाले कोषको स्किमहरू अनुसार श्रमिक स्वयम र परिवारजनले पाउने सुविधाहरूबाट वञ्चित हुनु परेकोछ। त्यसैले जिफन्टले आठौं महाधिवेशनमा लिएको सामाजिक सुरक्षामा ‘मिसन टु मिलियन’को नारालाई यो वर्षबाट “मिसन टु मिलियन - नियमित योगदान सहित” अभियान संचालन गर्ने बताउनु भयो ।
जिफन्ट महासचिब लक्ष्मण शर्माले संचालन गर्नुभएको सो पत्रकार सम्मेलनमा जिफन्ट पदाधिकारी तथा सचिवालयको उपस्थित रहेको थियो ।