????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबिच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारी भएको छ ।
त्यससम्बन्धी पत्रमा पुस २३ गते कोषको कार्यालयमा पञ्जीकरण विभागका तर्फबाट महानिर्देशक नमराज घिमिरे र कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
समझदारीपत्र अनुसार राष्ट्रिय परिचय नम्बर (एनआइएन) का आधारमा नागरिकको नाम, जन्ममिति, ठेगाना लगायत जनसाङ्ख्यिक विवरण प्रमाणीकरण गर्ने, नागरिकको तथ्याङ्क उपलब्ध गराउने तथा जैविक विवरणको प्रमाणीकरण गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जैविक विवरणलाई प्रणालीमा रहेको तथ्याङ्कसँग भिडाएर नागरिकको पहिचान यकिन गरिने छ ।
विदेशमा रहेका नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि आवेदन तथा विवरण सङ्कलनको प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्न समन्वय गरिने व्यवस्था समझदारीपत्र उल्लेख गरेको कोषका सूचना अधिकारी रोशन कोजुले जानकारी दिनुभएको छ ।
यो सेवा समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि लागु हुने र आपसी सहमतिमा परिमार्जन गर्न सकिने पनि सूचना अधिकारी कोजुले जानकारी दिनुभएको हो ।

मकवानपुर जिल्लाको भीमफेदी गाँउपालिका अन्तर्गत क्रियाशील सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पुस ३० गते अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाँउपालिका अध्यक्ष हिदम लामाको प्रमुख अथित्यतामा भएको अनुशिक्षण कार्यक्रममा पालिका भित्र आधारभुत स्वास्थ्य सेवा पुर्याईरहनु भएका ४८ जना महिला स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।
भीमफेदी गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने देशकै पहिलो स्थानीय तह हो ।
पालिकाले ०८० र ८१ सालमा एकसय ९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको थियो । 
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र जेटियुसीसी अध्यक्ष बिनोद श्रेष्ठले प्रवासी श्रमिकहरू योगदानमा आधारीत सामाजिक सुरक्षामा आवद्धता अनिवार्य भएको हुनाले ठुलो संख्यामा सुचिकृत भएको भए पनि तीनिहरूको निरन्तरतामा ठुलो समस्या रहेको बताउनु भएको छ ।
नेपाल सरकार, आइएलओ, सामाजिक सुरक्षा कोष र जिआजेडको संयुक्त आयोजनामा बैसाख १५ गते नेपाली आप्रवासी कामदारहरूको लागि सामाजिक सुरक्षा सुदृढीकरण सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमको उद्धघाटन समारोहमा बोल्नु हुंदै अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा सुविधा हैन श्रमिकहरूको अधिकारको विषय हो भन्ने बुझ्नु जरुरी भएको भन्नुहुंदै सामाजिक सुरक्षामा सरकारको लगानीका बारेमा र कोषमा गैर श्रमिकको प्रतिनिधित्व भइ रहेको सन्दर्भमा सरकारको धारणा स्पष्ट हुनु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्टको तर्फबाट बिदेश बिभाग सचिब स्मृती लामा, हुन अध्यक्ष ज्ञानु केसी र प्रवासी श्रमिक मन्जु बिकको सहभागिता रहेको थियो ।

आज २८ अप्रील, अर्थात अन्तरराष्ट्रिय श्रमिक स्मृती दिवसको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले देश बिदेशमा रहनु भएका समस्त श्रमिकहरूमा शुभकामना ब्यक्त गर्दै पेशाका कारण ज्यान गुमाउनु हुने श्रमिकहरू प्रती भावपुर्ण श्रद्धाञ्जली र घाईते श्रमिकहरूको स्वास्थ्य लाभको कामना गरेको छ ।
जिफन्टले हरेक वर्ष आजको दिन कार्यस्थलमा हुने दुर्घटना तथा पेशागत स्वास्थ्य सुरक्षाका बारेमा चेतना फैलाउने र सुरक्षित कार्यथलो र स्वास्थ्य सम्बन्धी बिविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत श्रमिक स्मृती दिवस मनाउदै आएको छ ।
यसै सन्दर्भमा जिफन्ट आबद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले बैसाख १५ गते क्यूपेक अध्यक्ष शान्ता बस्नेतको नेतृत्वमा भक्तपुर जिल्लाको मजदुर भेटघाट चोक र बिभिन्न निर्माण कार्यस्थलमा ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी पर्चा, माक्स र पञ्जा बितरण गरेको छ ।

तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ‘मजदुर सञ्चित कोष’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चरणमा ६६ जना र दोस्रो चरणमा ३० जना गरी दुई चरणमा हाल सम्म ९६ जना श्रमिकलाई कोषमा सूचीकृत गरीसकेको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाणपत्र र सम्झौतापत्र हस्तान्तरण गर्नुभयो ।
१८ देखि ५९ वर्ष उमेर समूहका दैनिक ज्यालादारी गर्ने विपन्न श्रमिकलाई प्राथमिकता दिइएको यस कार्यक्रमले श्रमको सम्मान र उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्र बहादुर खत्रीले अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्दता तथा स्थानिय तहमा श्रमडेक्स स्थापना गरी अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूको सुचिकरण गर्नु पर्ने बताउनु भएको छ ।
अध्यक्ष खत्रीले बैसाख २९ गते नेकपा एमाले गण्डकी प्रदेशद्वारा आयोजित स्थानिय तहका जनप्रतिनिधिसंगको छलफल तथा अन्तरकृया कार्यक्रममा बताउनु भएको हो ।
नेकपा एमाले केन्द्रिय उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेकपा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले गर्नु भएको थियो ।