चिया तथा अलैँची क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्धनकालागि कार्यशाला

नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा चिया तथा अलैँची क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्धनका लागी भाद्र १३ गते इलाम नगरपालिकामा, भाद्र १४ गते बिर्तामोड र दमक नगरपालिकामा कार्यशालाको आयोजना गरेको छ । 

जिफन्ट उपाध्यक्ष विदुर कार्कीले ३ वटै कार्यशालामा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, स्थानीय तहमा श्रम डेक्सटप स्थापना र योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा जिफन्टको अवधारणा प्रस्तुत गर्नु भयो ।

इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खडकाले प्रस्तुत अवधारणालाई आधार बनाइ आगामी नगर सभामा श्रमिकहरूको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, श्रम डेक्सटप स्थापना र योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकहरू सूचीकृत गर्ने सम्बन्धका कार्यविधि पेश गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यशालामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, चिया कफि श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राई, नेकपा एमाले इलाम जिल्ला सदस्य नरेन्द्र खडका, जिफन्ट इलाम जिल्ला समन्वय कमिटी संयोजक जगत नेम्वाङ्ग नगरपालिकाका कृषि र सामाजिक शाखाका कर्मचारी लगाएत, चिया श्रमिकहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा रहेका रोजगारदाता, श्रमिक र जनप्रतिनिधिको संयुक्त भेला गरी श्रमिकहरूको सन्दर्भमा छलफलको गरी श्रम क्षेत्रमा रहेको समस्यालाई समाधान गर्न नगरपालिकाले पहले गर्ने प्रतिबद्धता जनाउने भयो। 

कार्यशालामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, चिया कफि श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राई, जिफन्ट झापा जिल्ला संयोजक खेम पोख्रेल, नगरपालिकाका रोजगार शाखाका कर्मचारीहरु, चिया कफी श्रमिक युनियनका केन्द्रिय उपाध्यक्ष सहिकुमार राई र चिया श्रमिकहरूको उपस्थित रहेको थियो ।

त्यसैगरी दमक नगरपालिकामा सम्पन्न कार्यशालामा नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जिफन्टले प्रस्तुत गरेको अवधारणाको सम्बन्धमा नगरपालिकामा भित्र रहेका रोजगारदाता, श्रमिक र जनप्रतिनिधि बिच कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो । 

कार्यशालामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, रोजगार शाखाका कर्मचारीहरु, सामाजिक शाखाका कर्मचारी, जनप्रतिनिधि, नेकपा एमालेका प्रदेश ,जिल्ला, नगर तहका नेताहरूको सहभागीता रहेको थियो ।

इलाम, बिर्तामोड र दमक नगरपालिकामा सम्पन्न ३ वटै कार्यशालाको संचालन जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले गर्नु भएको थियो ।