निजामती सेवामा ट्रेड युनियनको साढे तीन दशकदेखिको दबदबा अन्त्य
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समुह मलेशियाले प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सहितको मर्यादित काम,शान्ति र सुरक्षायुक्त कार्यस्थल हाम्रो अभियान” नाराका मे दिवस २०८३ को सन्दर्भमा बैसाख २० गते मे दिवस शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा जिफन्ट मलेशिया संयोजक तथा मलेशियन टिम्बर युनियन परियोजनाका अर्गनाइजर वेदकुमार खतिवडाले सन २००५ देखीको जिफन्टको निरन्तर प्रयासले अहिले मलेशियन ट्रेड युनियन महासंघ (MTUC एमटियुसी )अन्तरगत रहेका युनियनहरुमा नेपाली प्रवाशी श्रमिकहरू पनि आवद्ध हुनपाउने र तीनीहरूले पनि स्थानिय श्रमिकहरूले पाउने सम्पुर्ण सेवा सुबिधा पाउने ब्यवस्था रहेको भन्नु हुंदै यो अधिकार प्राप्तीको लडाइमा जिफन्ट सहयोग समुह मलेशियालाइ सहयोग गर्नु हुने ग्लोवल युनियन बिडब्लुआइ, एमटियुसी र आवद्ध युनियनहरू र निरन्तर लाग्नु हुने जिफन्ट सहयोग समुहका सदस्यहरू प्रती आभार प्रकट गर्नु भएको थियो ।
जिफन्ट सपोर्ट ग्रुप मलेशियाका अध्यक्ष श्री प्रेम मगरले मे दिवसको शुभकामना दिनुहुंदै मलेशियाको रोजगार ऐन र कानुन अनुसार श्रमिकले पाउने सेवा सुबिधाका प्रकाश पार्नु भएको कार्यक्रमको संचालन उपाध्यक्ष संजय यादवले गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट सहयोग समुह कतारले प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सहितको मर्यादित काम,शान्ति र सुरक्षायुक्त कार्यस्थल हाम्रो अभियान” नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस २०२६) मनाएको कतार जिफन्ट सहयोग समुहका अध्यक्ष समुन्द्र खडकाले जानकारी दिनु भएको छ ।