??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

नेपाल र रूसको ट्रेड युनियन बिच समझदारीपत्र (MoU) मा हस्ताक्षर

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध स्पोर्ट्स युनियन नेपाल (सन) र अल रसियन ट्रेड युनियन अफ फिजिकल कल्चर, स्पोर्टस एण्ड ट्युरिजम अफ रसियन फेडरेशन (ट्रेड युनियन अफ स्पोर्टस अफ रूस) बिच नेपाल र रुसको खेलकुद तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

अगष्ट ७ तारीकमा मस्कोमा भएको समझदारीपत्रमा रूसी पक्षका अध्यक्ष मिखाइल दिमित्रियेभिच गुसेभ र स्पोर्ट्स युनियन नेपाल (सन) उपत्यका कमिटी अध्यक्ष विराज रानाले हस्ताक्षर गर्नु भएको थियो ।

समझदारी पत्रमा दुवै देशका श्रमिक तथा ट्रेड युनियनबीच व्यावसायिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने र  शारीरिक शिक्षा, खेलकुद र पर्यटन क्षेत्रका श्रमिक बिच अनुभव आदानप्रदान तथा सीप र क्षमता विकासका अवसर सिर्जना गर्ने उल्लेख गरेको छ ।

त्यसैगरी नेपाल र रुसमा संयुक्त खेलकुद कार्यक्रम आयोजना गर्ने, खेलकुद तथा पर्यटन क्षेत्रका विज्ञ र शैक्षिक संस्थाको सहभागितामा सेमिनार, सम्मेलन, तथा मास्टर क्लास सञ्चालन गर्ने समझदारी भएको हो ।

समझदारी कार्यान्वयनका लागि दुवै पक्ष सम्मिलित संयुक्त कार्यदल गठन गरिने समेत समझदारी पत्रमा उल्लेख गरेको छ । 


 

जिफन्ट सहयोग समूह कतार प्रतिनिधी र नेकपा (एमाले) केन्द्रीय सदस्य सुहाङ नेम्बाङ बिच दोहामा भेटघाट

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समूह नेपाली प्रवासी श्रमिक संघ कतार प्रतिनिधी र नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ बिच साउन २१ गते कतारको दोहामा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका समस्या, श्रम अधिकार, श्रमिकको सुरक्षा, सामाजिक सुरक्षा लगायतका विविध विषयहरू समेटिएको ज्ञापनपत्र जिफन्ट सहयोग समूह कतारका तर्फबाट माननीय सुहाङ नेम्बाङलाइ हस्तान्तरण गरिएको थियो।

माननीय नेम्बाङज्यूले ज्ञापनपत्र ग्रहण गर्दै प्रवासमा रहेका नेपाली श्रमिकका समस्या तथा सरोकारका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकार, संसद तथा सम्बन्धित निकायहरूमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

जिफन्ट सहयोग समूह कतारका अध्यक्ष समुद्र खड्काको अध्यक्षता भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटी सदस्य चानीलाल राजबंशी, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणि कार्की, जिफन्ट सहयोग समूह कतारका प्रमुख सल्लाहकार शेषराज तिमिल्सिना, सल्लाहकार भीम तरामु मगर लगायतका ब्यक्तीत्वहरूको उपस्थीती रहेको थियो । 
 

ग्रासरुटबाट बलियो ट्रेड युनियन निर्माण गर्नुपर्नेमा जिफन्ट अध्यक्ष श्रेष्ठको जोड

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बलियो ट्रेड युनियन निर्माणका लागि माथिबाट तल आदेश दिने संगठनात्मक संस्कारभन्दा तलबाट माथि शक्ति निर्माण गर्ने अभ्यास आवश्यक रहेको बताउनुभएको छ।

डेनमार्कको ट्रेड युनियन युनाइटेड फेडेरेसन अफ डेनिस वर्कर्स अर्थात् 3F को आयोजनामा काठमाडौंमा सञ्चालन भइरहेको प्रतिष्ठान स्तरको ट्रेड युनियन व्यवस्थापनसम्बन्धी क्षेत्रीय तालिमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ग्रासरुटलाई केवल स्थानीय कमिटीका रूपमा बुझ्न नहुने भन्नुहुंदै श्रमिकको कार्यस्थल, समुदाय र दैनिक जीवनसँग जोडिएको संगठन नै वास्तविक ग्रासरुट संगठन भएको बताउनु भयो।

बलियो ग्रासरुट संगठन निर्माणका लागि कार्यस्थलको नक्साङ्कन, श्रमिकको आधारभूत तथ्याङ्क संकलन, सदस्यता अभिलेख व्यवस्थापन तथा महिला, युवा र असंगठित श्रमिकको पहिचान गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष श्रेष्ठले सदस्य संख्या मात्र बढाउँदैमा ट्रेड युनियन बलियो नहुने बताउँदै सक्रिय सदस्य निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।

ट्रेड युनियनको वास्तविक शक्ति केन्द्रीय कार्यालय वा पदाधिकारीको पदमा मात्र नभई श्रमिकको कार्यस्थल, दैनिक जीवन र सामूहिक एकतामा रहने भएकोले संगठनलाई कार्यालयमा सीमित नराखी श्रमिक रहेकै स्थानमा पुर्‍याउनुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो।
तीन दिनसम्म सञ्चालन हुने तालिममा ‘ग्रासरुटबाट बलियो ट्रेड युनियन निर्माण हाम्रो आजको आवश्यकता र भोलिको जिम्मेवारी’ विषयमा छलफल तथा अनुभव आदानप्रदान भइरहेको छ।

BWI एसिया प्रशान्त क्षेत्रीय संयोजक एपोलिनार टोलेनटीनो र 3F का बुद्धि आचार्यलगायतले सहजीकरण गरिरहनुभएको तालिममा बंगलादेश श्रीलंका र नेपालका ट्रेड युनियन प्रतिनिधिहरूको सहभागिता रहेको छ।