??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

मे दिवस २०८२ बारे छलफल

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)द्वारा अन्तरराष्ट्रिय श्रमिक दिवस २०८२ (मे दिवस २०२५) मनाउने सन्दर्भमा चैत्र २६ गते जिफन्ट सभाहलमा छलफल भएको छ । 

छलफलमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान नेपालको राजनैतीक अवस्था र श्रम संसारमा देखिएका चुनौतीका बारेमा चर्चा गर्नु हुँदै गणतन्त्र बिना श्रमिकहरूको अधिकार सुरक्षित नहुने भएको हुनाले नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षा र सबल अर्थतन्त्र, सामाजिक न्याय र श्रमिक हितको पक्षमा रहेको श्रमशक्तीलाइ आगामी मे दिवसमा प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो । 

जिफन्ट राष्ट्रिय कमिटी नेताहरूले आ–आफ्नो बिचार राख्नु भएको सो छलफलले २०८२ साल बैसाख १८ गते देशभर जिफन्टले मे दिवस मनाउने  निर्णय  समेत गरेको छ ।
 

जिफन्ट मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा धर्म तिमल्सिना चयन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुर गढी गाउँपालिका कमिटीको चैत्र २७ गते डुम्रेकुनामा सम्पन्न प्रथम अधिवेशनले धर्म तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी चयन गरेको छ । 

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जिफन्ट श्रमिकको मर्यादित काम चाहान्छ र मर्यादित कामका निमित्त जिफन्टले प्रतिफल, दिगोपन र सुरक्षाको प्रत्याभूत हुनुपर्दछ भन्ने मान्यता राख्दछ भन्नुहुँदै जिफन्टको कामकाबारेमा र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बारेमा प्रशिक्षण मुलक मन्तव्य व्यक्त गर्नुभयो । 

धर्म तिमल्सिनाको अध्यक्षतामा भएको सो अधिवेशनमा नेकपा एमाले मकवानपुर गढी गाउँपालिका अध्यक्ष जितबहादुर घिमिरे, जिफन्ट मकवानपुर उपाध्यक्ष प्रल्हाद राई, क्युपेक मकवानपुर सचिव पुर्णबहादुर बराल, लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन सचिव केदार पुडासैनीले र स्वागत सिताराम तिमल्सिनाले गर्नुभएको थियो । 


 

जिफन्ट कर्णाली प्रदेशद्वारा नव वर्ष २०८२को शुभकामना अदान प्रदान सम्पन्न

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) कर्णाली प्रदेशले नव वर्ष २०८२ सालको अवसरमा बैशाख १ गते जिफन्ट प्रदेश कार्यालय सुर्खेतमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामीको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता प्रदेश उपाध्यक्ष राधा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव श्रीपाल सारु मगरले गर्नु भएको थियो ।
 

जिफन्टद्वारा काठमाण्डौ उपत्यका स्तरीय बिस्तारित बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा बागमती प्रदेश अन्तरगत काठमाण्डौ उपत्यका स्तरीय बिस्तारित बैठक कार्तिक ८ गते जिफन्ट सभाहलमा सम्पन्न गरेको छ । 

बैठकलाइ सम्बोधन गर्दै जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ  र महासचिब लक्ष्मण शर्माले बैठकको औचित्य र जिफन्टले संचालन गर्नलागेको बदलिएको राजनैतिक परिवेशमा श्रमिकसंग सम्वाद कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।

बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले संचालन गर्नु भएको बैठकमा जिफन्ट सचिब महेन्द्रलाल श्रेष्ठ, जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश कमिटी र जिफन्ट आवद्ध युनियनका केन्द्रीय नेताहरूको उपस्थीति रहेको थियो ।
 

जिफन्ट गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश स्तरीय भेला कार्तिक ८ गते जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

अध्यक्ष श्रेष्ठले बदलियको राजनीतिक परिबेशमा ट्रेड युनियन आन्दोलनको भुमिका बारेमा मन्तब्य राख्नु भएको भेलामा जिफन्ट पुर्व उपाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य चुडामणस् जंगली, जिफन्ट उपाध्यक्ष सीता लामा, सचिब कृष्ण केसी, प्रदेश अध्यक्ष रूद्र खत्री लगायतका अतिथीहरूले सम्बोधन गर्नु भएको थियो ।

त्यसैगरी कार्तिक ९ गते जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) अन्तरगत पोखरा नुडल्स,  सुजल फु्ड्स र भगबती हाइड्रोको भेला सम्पन्न भएको छ भने कार्तिक १० गते इम्पेशन नेपालको गण्डकी प्रदेश र कास्की जिल्ला भेला, युनिट्राभको गण्डकी प्रदेश भेला, प्याब्स्युको जिल्ला भेला, नाबुनको पालिका तथा इकाइ कमिटि भेला सम्पन्न भएको छ । 

भेलाहरूमा जिफन्ट उपाध्यक्ष सीता लामा, सचिव कृष्ण केसी, सदस्य सुमन पराजुली, गण्डकी प्रदेश अध्यक्ष रुद्र बहादुर खत्री लगायतका अतिथिहरूको सहभागिता रहेको थियो । 
 

जिफन्ट लुम्बीनी प्रदेश स्तरीय भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बीनी प्रदेशस्तरिय भेला कार्तिक १० गते जिफन्ट सभाहल बुटवलमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

अध्यक्ष श्रेष्ठले बदलियको राजनीतिक परिबेशमा ट्रेड युनियन आन्दोलनको भुमिका बारेमा मन्तब्य राख्नु भएको भेलामा जिफन्ट उपाध्यक्ष कमल गोतम, सचिब तारानिधी पन्त, हरी कार्की प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले  लगायतका अतिथीहरूले सम्बोधन गर्नु भएको थियो ।