??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्ट देवदह नगरको अध्यक्षमा घनश्याम भण्डारी

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) देवदह नगर कमिटीको फागुण १८ गते सम्पन्न भेलाले घनश्याम भण्डारीको अध्यक्षतामा ९ सदस्यीय देवदह नगर कमिटी गठन गरेको छ । 

भेलाका प्रमुख अतिथी जिफन्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराईले जिफन्टको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको सो कार्यक्रमका अतिथीहरूले योगदानमा अधारीत सामाजिक सुरक्षा, श्रम कानुन लगायतका बिषयमा चर्चा गर्नु भएको थियो ।

बिश्वका मजदुर एक होऔं, केवल नारा मात्र नभएर समग्र श्रमजीवीहरूको भावना, चाहाना र आन्दोलनको मार्गदर्शनः प्रधानमन्त्री केपी शर्मा ओली

बिश्वका मजदुर एक होऔं भन्ने केवल नारा मात्र नभएर यो समग्र श्रमजीवीहरूको भावना, चाहाना र आन्दोलनको मार्गदर्शन पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । 

नेपालको ट्रेड युनियन आन्दोलन ७८ औं वार्षिक उत्सबको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्धारा फागुण २० गते सभागृहमा आयोजित कार्यक्रममा सो कुरा बताउनु भएको हो । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रगती र बिकास भनेको निरन्तर प्रकृया रहेको र ७८ वर्षको नेपालको ट्रेड युनिनयन आन्दोलनमा थुप्रै उतार चढाब आएको भन्नु हुदै नेपालको श्रम आन्दोलन जिफन्टले सही तरीकाले अगाडी बढारहेको र अझ प्रभावकारी बनाउन बिश्व श्रम अन्दोलनबाट सिक्दै नेपालको ट्रेड युनियन आन्दोलनलाइ अझ शसक्त बनाउनु पर्ने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा श्रमिकहरूलाइ न्यूनतम भन्दा कम पारिश्रमिक दिएर काम लगाउन पाइँदैन भन्नु हुदै श्रमिकको मन प्रशन्न नभइकन उद्योग–व्यवसायका काम सहजरूपमा अघि बढ्न नसक्ने र श्रमिकहरू पनि रोजगारदातामा रुपान्तरण हुनसक्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनु भएको छ ।

हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह समेत गर्नु भएको थियो । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु हुदै मार्च ४, १९४७ अर्थात २००३ साल फागुन २१ गते बाट सुरुवात भएको नेपालको संगठित ट्रेड युनियन आन्दोलनको निरन्तरता आजको जिफण्ट हो भन्दा जिफन्टले गौरव महसुस गरीरहेको बताउनु भएको छ ।

हामी नेपाली ट्रेड युनियनकर्मीहरु मर्यादित कामको विशेषता सहितको हरित रोजगारीको कार्यक्रम तर्जुमा गर्नु पर्दछ भन्ने मान्यता राख्दछौ ।  यसकालागि श्रमिकको क्षमता अभिवृद्धी र दिगो रोजगारीका लागि लगानीको वातावरण सृजना गर्ने तर्फ गतिविधि गर्न आवस्यक  रहेको बताउनु भएको थियो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं जिफन्टका पूर्व अध्यक्ष विष्णुप रिमालले अहिलेको श्रम अन्दोलन लोकतन्त्रकालागी नभइ लोकतन्त्र भित्र बसेर श्रमिक अधिकारकालागी अन्दोलन गरी रहेको भन्नु हुंदै श्रमिक वर्ग भनेको निस्वार्थ हुने बताउनु भएको थियो ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियुसिसि)का अध्यक्ष जगत सिङ्खडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)का नेपालस्थित राष्ट्रिय निर्देशक नुवान उज्गान, पर्वतारोही मिङमा डेबीड शेर्पा लगायतले मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा पर्वतारोहण क्षेत्रमा योगदान गर्नु भएका १० जना पर्बतारोहीहरूलाइ सम्मान समेत गरेको थियो । 

थप पोटोकोलागि तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122142829658435116&type=3
 

श्रमिकहरुको आधारभूत अधिकारको सम्बन्धमा सम्झौता गर्न नसकिनेः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले नेपाली ट्रेड युनियन आन्दोलनको ७८औं वार्षिकोत्सवको उपलक्ष्यमा फागुन २१ गते  “ जलवायु संकट र पर्वतीय श्रमिकहरुको अधिकार” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जलवायु परिवर्तन श्रमिकहरुकोलागि नयाँ मुद्दा भए पनि श्रमिकहरुको आधारभूत अधिकारको सम्बन्धमा सम्झौता गर्न नसकिने बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले पर्वतारोहण क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ संगठीत गर्ने अभियान ४१ वर्ष अगाडी देखी जिफन्टले थालनी गरेको भन्नु हुदै अहिले जलवायु परिवर्तनको नाममा श्रमिकहरुले रोजगारी गुमाएका छन् , पर्यावरणिय परिवर्तनले गर्दा श्रमिकहरुमा व्यवसायजन्य रोगहरु देखा पर्न थालेको छ, पर्यावरणिय परिवर्तनका कारणले हुने हिमाली दुर्घटनावाट हरेक वर्ष हामीले थुप्रै पर्यटन श्रमिक गुमाउनु परेको बताउनु भयो ।

नेपालमा जलवायु परिवर्तनका कारण जोखिममा रहेको श्रमिकको जिवनको सुरक्षा गर्न न्यायिक रुपान्तरण आजको आवस्यकता भएकोमा जोड दिनु हुदै अध्यक्ष श्रेष्ठले यसको लागि सरोकारवाला सबै मिलेर रणनीतिक योजना बनाउन आवस्यक रहेको भन्नु हुदै, मर्यादित कामको विशेषता सहितको हरित रोजगारीको कार्यक्रम तर्जुमा गर्नु पर्छ र यसकालागि श्रमिकको क्षमता अभिवृद्धी र दिगो रोजगारीका लागि लगानीको वातावरण सृजना गर्न आवस्यक रहेको जिफन्टको मान्यता रहेको बताउनु भयो  ।  

जिफन्ट महासचिव लक्ष्मण शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरू शेर्पा, सगरमाथा आरोही संघकी अध्यक्ष माया शेरर्पा, ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) का अध्यक्ष सागर पाण्डे, वन तथा वातावरण मन्त्रालयको रेड परियोजनाका प्रमुख, नवराज पुडासैनी र  श्रम, जलवायु, र वातावरणका लागि अन्तर्राष्ट्रिय कार्यक्रम, श्रम र शहरी अध्ययन स्कूल, न्यूयोर्कको सिटी विश्वविद्यालयका निर्देशक सीन स्वीनीले जलवायु संकट र पर्वतीय श्रमिकहरुको अधिकारका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तन, हिमाली पर्यटन श्रमिकका अधिकारका बारेमा सहभागिहरूले राखेका जिज्ञासाहरूलाइ  प्यानलिष्टहरूले प्रष्ट पार्नु भएको सो छलफल कार्यकमको निष्कर्ष जिफन्ट पोलिसी इन्स्च्यूट (टुपी) का सदस्य संजय बरालले सुनाउनु भएको थियो ।


कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोला ।

https://www.facebook.com/media/set/?set=a.122142961856435116&type=3

शुद्धोदन पालिकाको अध्यक्षमा कुलानन्द थारु

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही जिल्लाको शुद्धोदन गांउ पालिकाको फागुण २८ गते सम्पन्न प्रथम अधिवेशनले कुलानन्द थारुको अध्यक्षतामा ९ सदस्यीय पालीका कमिटी चयन गरेको छ । 

लेखनाथ पौडेलको अध्यक्षतामा, जिफन्ट लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुमाकान्त काफ्लेको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनमा जीवन अधिकारी लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
 

जिफन्ट सिद्धार्थ नगर र बर्दघाट पालिका अधिवेशन सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफ़ण्ट) लुम्बिनी प्रदेश अन्तरगत रूपन्देही जिल्लाको सिद्धार्थ नगर र नवलपरासी जिल्लाको बर्दघाट नगर पालिकाको अधिवेशन सम्पन्न भएको छ ।

बिजय कार्कीको अध्यक्षतामा लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्लेको प्रमुख अतिथ्यतामा चैत्र ९ गते सम्पन्न सिद्धार्थ नगरपालिकाको अधिवेशनले आनन्द प्रसाद ढ़ुङ्गानाको अध्यक्षतामा ७ सदस्यीय पालिका कमिटी चयन गरेको छ ।

त्यसैगरी जिफन्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टाराईको प्रमुख अतिथ्यतामा चैत्र १० गते सम्पन्न बर्दघाट पालिकाको अधिवेशनले दिलीप कुमार चौधरीको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्वाचित गरेको हो । 
 

जिफण्ट मनहरी गाउँपालिकाको अध्यक्षमा बहादुर सिं मोक्तान

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) मनहरी गाउँपालिकाको चैत्र २० गते सम्पन्न भेलाले बहादुर सिं मोक्तान “कुमार”को अध्यक्षतामा ११ सदस्यीय जिफन्ट मनहरा पालिका कमिटी पुनर गठन गरेको छ ।

भेलामा जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्यालले जिफन्टको नीति तथा कार्यक्रमका बारेमा बताउनु हुँदै श्रमिकका सुरक्षित भविष्यको निमित्त योगदानमा आधारित सामाजिक सुरक्षा मात्र भरपर्दो विकल्प रहेको बताउनु भयो ।

बहादुर सिं मोक्तान “कुमार”को अध्यक्षता भएको सो भेलामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य धर्मराज बस्नेत लगायतकाअतिथीहरूले शुभकामना मन्तब्य राख्नु भएको थियो ।