????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेशको आयोजनामा जिफन्ट कायाकल्प अभिमुखीकरण कार्यक्रम पुस ८ गते धनगढीमा सम्पन्न भएको छ ।
जिफन्ट सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल को अध्यक्षतामा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख अतथ्यमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा अभियानको उदेश्य, स्वरुप, संरचना, कार्य अवधि, अभियानभित्र गरिने कार्य र अनुगमनका आधारहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य सुन्तली चौधरी, जिफन्ट सहकारी प्रबन्ध विभाग संयोजक देव बहादुर बम, सदस्य चन्द्र राम बि.क.लगायत प्रदेशका पाली स्तरका नेताहरूको सहभागिता रहेको कार्यक्रमको संचालन प्रदेश सचिव चन्द्र प्रकाश गैह्रेले स्वागत प्रदेश उपाध्यक्ष ठक्कर विष्ठले गर्नुभएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले स्याङ्जा जिल्लामा फागुण ८ गते अगुवा कार्यकर्ताको भेला सम्पन्न भएको छ ।
जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो भेलामा महासचिव लक्ष्मण शर्मा र नेकपा एमाले स्याङ्जा जिल्ला कमिटी उपाध्यक्ष महेश पुरीले मन्तव्य राख्नु भएको थियो ।
जिफन्ट स्याङ्जा जिल्ला समन्वय कमिटी अध्यक्ष सुवास खातीको अध्यक्षता सम्पन्न उक्त भेलाको सञ्चालन सचिव उमादेवी बस्यालले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) द्वारा फागुण १२ गते चितवन जिल्लाको हाकीम चोकमा राइडर्सहरुको भेला सम्पन्न गरेको छ ।
रन केन्द्रीय अध्यक्ष माधब प्रसाद पाण्डेले राइडर्सहरुले भोग्नुपरेका समस्या र समाधानकालागि राइडर्स युनियनको योजना तथा कार्यक्रमको बारेमा चर्चा गर्नु भएको सो भेलामा स्वतन्त्र ढङ्गबाट गठित चितवन राइडर्स युनियन बिधिवत रूपमा रनमा आवद्ध भएको छ ।
भेलाले पुनानन्द चौधरीको अध्यक्षतामा ११ सदस्य रन चितवन जिल्ला कमिटी गठन गरेको छ ।
नवगठित कमिटीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय महासचिव केशब थापा निरूले शुभकामना दिनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेशको आयोजनामा फागुन ३ गते ललितपुरमा सम्पन्न जिल्ला भेलाले शन्तमान शाक्यको संयोजकत्वमा जिफन्ट जिल्ला समन्वय कमिटी गठन गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा अतिथिहरूले कार्यक्रमको औचित्य, र जिफन्टको नीति तथा कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।
जिफन्ट बागमती प्रदेश सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज ईश्वरी थापाको अध्यक्षतामा भएको सो भेलाबाट गठित कमिटीलाई प्रदेश अध्यक्ष रामहरी नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध राईडर्स युनियन नेपाल (रन) ले फाल्गुण ३ गते बुद्धिमान तामाङको अध्यक्षतामा ९ सदस्य ललितपुर महानगर कमिटि गठन गरेको छ ।
रनका केन्द्रीय अध्यक्ष माधब पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष बंशी भट्टराइ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को कायाकल्प कोलागि अभियान २०८१ अन्तरगत बागमती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाको मध्यावधि मुल्याकन फागुण २ गते जिफन्ट सभाहल, पुतलीसडकमा सम्पन्न भएको छ ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले हालसम्म सम्पन्न कार्यक्रमहरूको बारेमा समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनका नेताहरूले अभियानको क्रममा परेका समस्याहरू तथा सबल पक्षहरूको बारेमा रिपोर्टिङ गर्नु भएको थियो ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अभियानको क्रममा आएका समस्याहरूको समाधान र आगामी बाकी अवधिमा गर्ने कामहरूको बारेमा प्रकास पार्नु भएको, कार्यक्रमको संचालन प्रदेश सचिव कृष्ण रिमालले गर्नु भएको थियो ।
फोटोकोलागि लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122140112372435116&type=3