जिफन्टद्वारा काठमाण्डौ उपत्यका स्तरीय बिस्तारित बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा बागमती प्रदेश अन्तरगत काठमाण्डौ उपत्यका स्तरीय बिस्तारित बैठक कार्तिक ८ गते जिफन्ट सभाहलमा सम्पन्न गरेको छ । 

बैठकलाइ सम्बोधन गर्दै जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ  र महासचिब लक्ष्मण शर्माले बैठकको औचित्य र जिफन्टले संचालन गर्नलागेको बदलिएको राजनैतिक परिवेशमा श्रमिकसंग सम्वाद कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो ।

बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले संचालन गर्नु भएको बैठकमा जिफन्ट सचिब महेन्द्रलाल श्रेष्ठ, जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश कमिटी र जिफन्ट आवद्ध युनियनका केन्द्रीय नेताहरूको उपस्थीति रहेको थियो ।