जिफन्ट ललितपुरको अध्यक्षमा शन्तमान शाक्य

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेशको आयोजनामा फागुन ३ गते ललितपुरमा सम्पन्न जिल्ला भेलाले शन्तमान शाक्यको संयोजकत्वमा जिफन्ट जिल्ला समन्वय कमिटी गठन गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा अतिथिहरूले कार्यक्रमको औचित्य, र जिफन्टको नीति तथा कार्यक्रमका  बारेमा प्रकाश पार्नु भएको थियो ।

जिफन्ट बागमती प्रदेश सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज ईश्वरी थापाको अध्यक्षतामा भएको सो भेलाबाट गठित कमिटीलाई प्रदेश अध्यक्ष रामहरी नेपालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।