राइडर्स युनियन नेपाल चितवनको अध्यक्षमा पुनानन्द चौधरी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राइडर्स युनियन नेपाल (रन) द्वारा फागुण १२ गते चितवन जिल्लाको हाकीम चोकमा राइडर्सहरुको भेला सम्पन्न गरेको छ ।

रन केन्द्रीय अध्यक्ष माधब प्रसाद पाण्डेले राइडर्सहरुले भोग्नुपरेका समस्या र समाधानकालागि राइडर्स युनियनको योजना तथा कार्यक्रमको बारेमा चर्चा गर्नु भएको सो भेलामा स्वतन्त्र ढङ्गबाट गठित चितवन राइडर्स युनियन बिधिवत रूपमा रनमा आवद्ध भएको छ । 
भेलाले पुनानन्द चौधरीको अध्यक्षतामा ११ सदस्य रन चितवन जिल्ला कमिटी गठन गरेको छ । 

नवगठित कमिटीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय महासचिव केशब थापा निरूले शुभकामना दिनु भएको थियो ।