जिफन्ट बागमतीले अभियानको मध्यावधि मुल्याकन गर्‍यो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को कायाकल्प कोलागि अभियान २०८१ अन्तरगत बागमती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाको मध्यावधि मुल्याकन फागुण २ गते जिफन्ट सभाहल, पुतलीसडकमा सम्पन्न भएको छ । 

जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले हालसम्म सम्पन्न कार्यक्रमहरूको बारेमा समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको सो कार्यक्रममा जिफन्ट आवद्ध युनियनका नेताहरूले अभियानको क्रममा परेका समस्याहरू तथा सबल पक्षहरूको बारेमा रिपोर्टिङ गर्नु भएको थियो । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अभियानको क्रममा आएका समस्याहरूको समाधान र आगामी बाकी अवधिमा गर्ने कामहरूको बारेमा प्रकास पार्नु भएको, कार्यक्रमको संचालन प्रदेश सचिव कृष्ण रिमालले गर्नु भएको थियो ।
 

फोटोकोलागि लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122140112372435116&type=3