जिफन्ट स्याङ्जा अगुवा कार्यकर्ताको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले स्याङ्जा जिल्लामा फागुण ८ गते अगुवा कार्यकर्ताको भेला सम्पन्न भएको छ ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सो भेलामा महासचिव लक्ष्मण शर्मा र नेकपा एमाले स्याङ्जा जिल्ला कमिटी उपाध्यक्ष महेश पुरीले मन्तव्य राख्नु भएको थियो । 

जिफन्ट स्याङ्जा जिल्ला समन्वय कमिटी अध्यक्ष सुवास खातीको अध्यक्षता सम्पन्न उक्त भेलाको सञ्चालन सचिव उमादेवी बस्यालले गर्नु भएको थियो ।