नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशद्वारा असोज ७ गते पोखरामा अगुवा कार्यकर्ता भेला तथा बडा दशैं २०८२को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिफन्टका पूर्व उपाध्यक्ष चुडामणी जंगलीको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष रुद्र बहादुर खत्रीले गर्नु भएको थियो ।
भदौ २३ र २४ गतेको आन्दोलनले श्रम क्षेत्रमा पारेको प्रभावका बारेमा छलफल र अराजक समुहले जिफन्ट केन्द्रीय कार्यालयमा गरेको तोडफोडको निन्दा गर्दै आपराधिक कार्यमा संलग्नलाई कडा कारबाहीको माग समेत गरेको छ ।
