नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को प्रचार प्रसारलाइ प्रभावकारी बनाउने सन्दर्भमा प्रचार तथा प्रकाशन बिभाग र जिफन्ट प्रदेश अध्यक्षहरूबीच साउन २२ गते भर्चुअल बैठक सम्पन्न भयो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बिनोद श्रेष्ठले प्रचार तथा प्रकाशनको सन्दर्भमा जिफन्टको नीति एवं प्रदेश कमिटि र विभागबीचको समन्वयकारी भूमिकाबारे प्रकाश पार्नु भयो ।
उपाध्यक्ष तथा विभाग प्रमुख जितेन्द्र श्रेष्ठले जिफन्टले नेतृत्व गर्दै आएको ट्रेड युनियन आन्दोलनलाई अझै सशक्त बनाउन यूनियनका हरेक गतिबिधि समुदायसम्म पुर्याउन प्रचारको भूमिका विशेष भएको बताउनु भयो ।
प्रचार तथा प्रकाशन विभाग सचिव महेन्द्रलाल श्रेष्ठले अगामी दिनमा गरिने काममा प्रदेशहरूको भुमिकाका बारे भर्च्युयल बैठकमा प्रष्ट पार्नु भएको थियो ।
सो अवसरमा जिफन्ट प्रदेश अध्यक्षहरूले आफू मातहतका अवस्थाका बारेमा संक्षेपमा जानकारीका साथै सुझावहरू दिनुभएको थियो ।