अलबिदा कमरेड हरिओम अधिकारी

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनियन नेस्वहोमयुका पूर्व उपाध्यक्ष तथा नेकपा एमाले उपत्यका बिशेष प्रदेश कमिटी सदस्य हरिओम अधिकारीको भाद्र १ गते भएको असामयिक निधनले जिफन्ट परीवार स्तब्ध भएको छ ।

यस दुखद घडीमा जिफन्टले स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रध्दाञ्जली व्यक्तगर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । 

स्वर्गीय अधिकारीको पार्थिब शरिरको अन्तष्टी पुर्व पशुपतिस्थित बिधुतीय सब गृहमा संक्षिप्त श्रद्ध्ञ्जली सभाको आयोजना गरीएको थियो । उक्त श्रद्धाञ्जली सभामा नेकपा एमाले पोलिटब्यरो सदस्य तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ले जिफन्टको झण्डा ओढाउनु भएको थियो । 

त्यसैगरी,  नेकपा एमाले पोलिटव्युरो सदस्य तथा बिशेष प्रदेश इन्चार्ज सुजिता शाक्यले पार्टीको झण्डा र नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीले युनियनको झण्डा ओडाइ श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।