अन्तरराष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्भ समिती (ITUC–NAC) ले साउन २२ गते देखी संचार तथा रिपोट लेखन सम्बन्धी प्रशिक्षण सुरू गरेको छ ।
नेपाल आवद्भ समिती संयोजक योगेन्द्र कुंवरको अध्यक्षतामा शुभारम्भ भएको प्रशिक्षण कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन आन्दोलनलाइ सफल बनाउन संचारको ठुलो महत्व हुने बताउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले संचार प्रबिधीमा भइरहेको तिब्र बिकासलाइ सहि ढंगबाट प्रयोग गर्न सके संगठन परीचालन तथा ट्रेड युनियन आन्दोलनलाइ अगाडी बढाउन सहज हुने भएकोले सुचना प्रबिधीमा आएको परीवर्तन संगै ट्रेड युनियनकर्मीहरूको पनि त्यस सम्बन्धी दक्षता अभिबृद्धी गर्न यस्ता प्रशिक्षण महत्वपुर्ण हुने बताउनु भयो ।

२ दिन सम्म संचालन भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन संचार क्षेत्रको आधारभुत पक्षहरू, सामाजिक संजालको सदुपयोग, अनलाइन क्याम्पेन र कन्टेन क्रियशनको बारेमा अमरध्वज लामाले प्रशिक्षण दिनु भएको थियो भने दोस्रो दिन रिपोट लेखनबारे तिलक जंग खड्काले प्रशिक्षण दिनु हुने छ ।
तालिम कार्यक्रममा जिफन्ट, एनटीयुसी र अन्टुफका १८ जना प्रशिक्षार्थी सहभागी रहेको छ ।