२०५२ सालको माघमा कमैया श्रमिकहरूको राष्ट्रिय भेलाले कमैया मुक्ति मञ्चको गठन गरेको थियो। जिफन्टको दोस्रो महाधिवेशनबाट कृषि क्षेत्रमा कार्यरत मजदुरहरूलाई संठित र आन्दोलित गर्नुपर्छ भन्ने उद्देश्यकासाथ २०५३ आश्विन ३—५ गते २० जिल्लाका ६० जना कृषि मजदुर प्रतिनिधिहरूको भेलाले कृषि मजदुर संघ, नेपालको स्थापना भएको हो । यो युनियन २०५९ फागुन ३० गते श्रम विभागमा दर्ता भएको छ । कृषि क्षेत्रमा काम गर्ने हली, गोठाला, खेताला, कृषि फर्ममा काम गर्ने श्रमिकहरू लगायत ज्याला वा करारमा काम गर्ने सबैखाले कृषि मजदुरहरू यस युनियनले समेट्ने गर्दछ । हाल यो युनियन सातैवटा प्रदेशहरूमा क्रियाशील छन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन फापुनको आयोजनामा भाद्र ६ गते पर्सा जिल्लाको बिन्दबासिनी गाउँ पालिकामा र भाद्र ७ गते पकहा मैनपुर गाउँपालिकामा कार्यरत कृषि क्षेत्रमा कार्यरत श्रमिकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो ।
जिफन्ट उपाध्यक्ष बिदुर कार्की र मदेश प्रदेश अध्यक्ष कमलेश झाले आधारभुत ट्रेड युनियन सम्बन्धी तालिम दिनु भएको सो कार्यक्रमको सहजिकरण प्रदेश सचिव मुक्ती चौधरीले गर्नु भएको थियो ।
तालिम कार्यक्रम पछी पकहा मैनपुर गाउँपालिकामा आयोजित कृषि श्रमिक भेलाले पुनम कुमारीको अध्यक्षतामा ९ सदस्य इलाका कमिटी समेत गठन गरेको छ ।
त्यसैगरी जिफन्ट उपाध्यक्ष बिदुर कार्कीको प्रमुख अतिथ्यतामा भदो ८ गते बिरगंज महानगर पालिकामा सम्पन्न कृषि श्रमिकहरूको भेलामा नेकपा एमाले प्रदेश सदस्य बिन्दु श्रेष्ठ, जिफन्ट मदेश प्रदेश उपाध्यक्ष अमर यादबले कृषि श्रमिकहरूको समस्या र समाधानका बिषयमा मन्तब्य राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध– नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)को छैटौं अधिवेशन अगामी माघ २८ गते सिराहा जिल्लाको लाहानमा आयोजना गर्ने भएको छ ।
फापुन केन्द्रीय कमिटीको पुस २३ गते अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कृषि आधारीत क्षेत्रमा कार्यरत धेरैभन्दा धेरै श्रमिकहरूलाई संगठित गर्न ठोस योजना बनाइ अगाडी बढ्नु पर्ने र हाल जिफन्टले संचालन गरेको 'जिफन्ट कायाकल्पकालागि अभियान–२०८१' ले संगठन सुदृढिकरण र परिचाल गर्न सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नु भयो ।
बैठकमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की र महासचिव लक्ष्मण शर्माको पनि सहभागिता रहेको थियो ।
जिफन्ट अबद्ध युनियन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) महोत्तरी जिल्लाको मटिहानी पालीकामा माघ १७ गते सम्पन्न कृषी श्रमिकहरूको भेलाले रामबृक्ष महराको अध्यक्षतामा २२ सदस्य फापुन पालिका कमिटी गठन गरेको छ ।
फापुन केन्द्रीय सदस्य देव शरण बाठैको प्रमुख अतिथ्यमा सम्पन्न सो भेलामा हेम चन्द यादव लगायतका नेताहरू अतिथि रहनु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)ले फागुण ५ गते कैलाली जिल्लाको गौरीगंगा नगर स्तरीय भेला सम्पन्न गरेको छ ।
जिफन्ट सहकारी प्रवर्द्धन बोर्ड संयोजक देव बहादुर बमको प्रमुख अतिथ्यतामा भएको सो भेलाले दुर्गा थापाको अध्यक्षतामा ९ सदस्यीय फापुन गौरीगंगा नगर कमिटी गठन गरेको छ ।
फापुन कैलाली जिल्ला अध्यक्ष हिरा बिष्टको अध्यक्षतामा भएको उक्त भेलामा जिफन्ट सुदुरपस्चीम प्रदेश सचिव चन्द्र प्रकाश गैह्रे, सदस्य कर्ण बहादुर हमाल अतिथि रहनु भएको थियो थियो।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) को फागुन २५ गते सिरहा जिल्लाको लहानमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले उद्घाटन गर्नु भएको छैटौँ अधिवेशनले पूर्ण केसीको अध्यक्षतामा १४ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

फापुनको केन्द्रीय संयोजक पूर्ण केसिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिफन्ट उपाध्यक्ष बिदुर कार्की, महासचिव लक्ष्मण शर्मा, मदेश प्रदेश अध्यक्ष कमलेश झा, नेकपा एमाले मदेश प्रदेश सदस्य रिता यादव लगायतका अतिथिहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
माया भण्डारी स्वागत मन्तव्य राख्नु भएको सो अधिबेशन उद्घाटन समारोहमा पुर्व फापुनको केन्द्रीय अध्यक्ष पुर्णचन्द उपाध्याय र केन्द्रीय सदस्य बिन्दिराम मोचिलाइ सम्मान समेत गरेको थियो ।

जिफन्ट आवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन) द्वारा बाँके जिल्लाको बैजनाथ गाउँ पालिकामा चैत्र १२ गते कृषी श्रमिक भेला सम्पन्न गरेको छ ।
फापुन केन्द्रीय अध्यक्ष पुर्ण केसीको प्रमुख अतिथ्यतामा भएको सो भेलाले ५ सदस्य पालिका सम्पर्क कमिटी गठन गरेको छ ।