फापुनद्धारा कैलाली जिल्लाको गौरीगंगामा नगर भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)  अवद्ध नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)ले फागुण ५ गते कैलाली जिल्लाको गौरीगंगा नगर स्तरीय भेला सम्पन्न गरेको छ । 

जिफन्ट सहकारी प्रवर्द्धन बोर्ड संयोजक देव बहादुर बमको प्रमुख अतिथ्यतामा भएको सो भेलाले दुर्गा थापाको अध्यक्षतामा ९ सदस्यीय फापुन गौरीगंगा नगर कमिटी गठन गरेको छ ।

फापुन कैलाली जिल्ला अध्यक्ष हिरा बिष्टको अध्यक्षतामा भएको उक्त भेलामा जिफन्ट सुदुरपस्चीम प्रदेश  सचिव चन्द्र प्रकाश गैह्रे, सदस्य कर्ण बहादुर हमाल अतिथि रहनु भएको थियो थियो।