२०५२ सालको माघमा कमैया श्रमिकहरूको राष्ट्रिय भेलाले कमैया मुक्ति मञ्चको गठन गरेको थियो। जिफन्टको दोस्रो महाधिवेशनबाट कृषि क्षेत्रमा कार्यरत मजदुरहरूलाई संठित र आन्दोलित गर्नुपर्छ भन्ने उद्देश्यकासाथ २०५३ आश्विन ३—५ गते २० जिल्लाका ६० जना कृषि मजदुर प्रतिनिधिहरूको भेलाले कृषि मजदुर संघ, नेपालको स्थापना भएको हो । यो युनियन २०५९ फागुन ३० गते श्रम विभागमा दर्ता भएको छ । कृषि क्षेत्रमा काम गर्ने हली, गोठाला, खेताला, कृषि फर्ममा काम गर्ने श्रमिकहरू लगायत ज्याला वा करारमा काम गर्ने सबैखाले कृषि मजदुरहरू यस युनियनले समेट्ने गर्दछ । हाल यो युनियन सातैवटा प्रदेशहरूमा क्रियाशील छन् ।

संबद्ध गतिविधिहरू

कृषि श्रमिक संघ नेपाल (फान)को बैठक सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) आबद्ध कृषि श्रमिक संघ नेपाल (फान) ले सदस्यता बिस्तार, पालिका कमिटी गठन तथा पुनरगठन, र अधारभुत प्रशिक्षण कार्यक्रम देश ब्यापी संचालन गर्ने निर्णय गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र उपाध्यक्ष बिदुर कार्कीको सहभागितामा चैत्र २० गते जिफन्ट स्कुल अनामनगरमा सम्पन्न योजना बैठकले दिपक थापा, कर्ण हमाल, सुशीला घिमिरे, सदन प्रसाद र ईश्वरी थापालाइ केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । 

फान अध्यक्ष पुर्ण केसीको अध्यक्षतामा महासचिव प्रदिप कुमार चौधरीले बैठकको संचालन गर्नु भएको थियो ।
 

कृषी श्र‌मिकह‌रुकालागि सामाजिक सुरक्षा विषयमा प्रशिक्षण सम्पन्न

अन्तरास्ट्रिय ट्रेड युनियन महासघ - नेपाल आबद्ध परीषद्को आयोजनामा कृषि क्षेत्रका श्र‌मिकह‌रुकालागि सामाजिक सुरक्षा विषयमा दुइ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

पुस १६ गते चितवनमा प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले  कृषि क्षेत्रमा संगठन निर्माण लाई गति दिँदै सबै श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गर्न पहल गर्नु पर्ने बताउनु भयो । 

प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष बिदुर कार्किले कृषि श्रमिकको ट्रेड युनियन अधिकार र संगठन कला  बिषयमा, एनटियुसी उपाध्यक्ष गणेश कसीले कृषि क्षेत्रमा सामाजिक सुरक्षा र कृषि श्रमिकको  वर्तमान अवस्था बारेमा प्रशिक्षण दिइरहनु भएको छ ।
 

कैलालीमा कृषी श्रमिक भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासघ जिफन्ट आवद्ध नेपाल कृषि श्रमिक संघ (फान) कैलाली जिल्ला कमिटिको आयोजनामा असार ३ गते गोदावरी नगरपालिका–३, चौकीडाँडामा जिल्ला स्तरीय भेला सम्पन्न गरेको छ । 

जिल्ला अध्यक्ष नेहा साउदको अध्यक्षतामा सम्पन्न भेलामा जिफन्ट सुदुर पश्चिम प्रदेश अध्यक्ष जित मल्ल, फान केन्द्रीय अध्यक्ष पुर्ण के सि, सचिव हिरा बिष्ट लगाएतको उपस्थिति रहेको थियो । 

रेखा रोकाय बिष्टले संचालन गर्नु भएको भेलामा संगठन सुदृढीकरण तथा सदस्यता विस्तार अभियान बारे छलफल भएको थियो ।