फापुनद्धारा तालिम सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन फापुनको आयोजनामा भाद्र ६ गते पर्सा जिल्लाको बिन्दबासिनी गाउँ पालिकामा र भाद्र ७ गते पकहा मैनपुर गाउँपालिकामा कार्यरत कृषि क्षेत्रमा कार्यरत  श्रमिकहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भयो ।

जिफन्ट उपाध्यक्ष बिदुर कार्की र मदेश प्रदेश अध्यक्ष कमलेश झाले आधारभुत ट्रेड युनियन सम्बन्धी तालिम दिनु भएको सो कार्यक्रमको सहजिकरण प्रदेश सचिव मुक्ती चौधरीले गर्नु भएको थियो ।

तालिम कार्यक्रम पछी पकहा मैनपुर गाउँपालिकामा आयोजित कृषि श्रमिक भेलाले पुनम कुमारीको अध्यक्षतामा ९ सदस्य इलाका कमिटी समेत गठन गरेको छ ।

त्यसैगरी जिफन्ट उपाध्यक्ष बिदुर कार्कीको प्रमुख अतिथ्यतामा भदो ८ गते बिरगंज महानगर पालिकामा सम्पन्न कृषि श्रमिकहरूको भेलामा नेकपा एमाले प्रदेश सदस्य बिन्दु श्रेष्ठ,  जिफन्ट मदेश प्रदेश उपाध्यक्ष अमर यादबले कृषि श्रमिकहरूको समस्या र समाधानका बिषयमा मन्तब्य राख्नु भएको थियो ।